काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० लाई संशोधन गरेको छ । व्यवस्था संशोधन गर्दै राष्ट्र बैंकले त्यस्ता कम्पनीहरुको चुक्तापुँजी ३० करोड पुर्याउनुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले चुक्तापुँजी १० करोड रुपैयाँबाट सुरु गरेको यस्ता कम्पनीहरुलाई वि.सं. २०७७ असार मसान्तसम्म २० करोड र २०७८ असारसम्म ३२० करोड पुर्याउनुपर्ने बताएको हो ।
यसैगरी हायर पर्चेज कम्पनी सञ्चालनका लागि ०.२ प्रतिशत स्वीकृति दस्तुर बुझाउनपर्ने व्यवस्था गरिएको छ । यसअघि यो दस्तुर ०.१ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकले आवश्यकताभन्दा बढी कम्पनी आए सञ्चालन अनुमति नदिन सक्नेसमेत भनेको छ । यसैगरी पुराना कम्पनीहरुको नवीकरण गराउन प्रत्येक दुई वर्षमा २ लाख रुपैयाँ बुझाउनुपर्ने छ ।