site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पदबाट हटेको ६ महिनासम्म लघुवित्तका सीईओ अन्य वित्तीय संस्था जान नपाउने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकको केन्द्रीय बैंकले इजाजतप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई आफ्नो सेवाबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई अन्य इजाजतप्राप्त संस्थाको सीईओ हुन नपाउने नीतिगत व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थामा कार्यरत सीईओ प्रचलित व्यवस्थाको अधिनमा रही पुनर्नियुक्ति पाएको अवस्थामा बाहेक जुनसुकै कारण आफ्नो सेवाबाट निवृत्त भएपछि कम्तिमा ६ महिना अवधि व्यतित नभई कुनै पनि इजाजतप्राप्त संस्थामा सीईओ हुन नपाउने नीतिगत व्यवस्था गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

“सीईओ जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकाल वा ६ महिनामध्ये जुन बढी हुन्छ सो अवधि व्यतित नभई सोही संस्थामा सञ्चालकलगायत अन्य कुनै पनि हैसियतमा कार्य गर्न पाउने छैन,” राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलद्वारा हस्ताक्षरित निर्देशनमा उल्लेख छ ।

त्यसैगरी कुनै एउटा इजाजतप्राप्त संस्थामा सञ्चालक रहेको व्यक्ति प्रचलित व्यवस्थाको अधिनमा रही कार्यकाल थप भएको अवस्थामा बाहेक सञ्चालक पदबाट जुनसुकै कारण हटे कम्तिमा ६ महिनाको समय व्यतित नभई यस बैंकबाट इजाजतप्राप्त संस्थामा सञ्चालकलगायत अन्य कुनै पनि हैसियतमा काम गर्न नपाइने राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको छ । “कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकालभित्र सोही संस्थाको सञ्चालक पदमा निर्वाचित वा मनोनित हुन पाउने छैन,” राष्ट्र बैंकको नीतिगत व्यवस्थामा छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC