site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सोमबार दोहोरो अंकले घट्यो नेप्से, तामाकोसीको सेयर मूल्य पनि घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको दोस्रो दिन पनि नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार घटेको बजार सोमबार दोहोरो अंकले घटेको हो ।

सेयर बजारमा एकलौटी अग्रता जमाएको माथिल्ल्लो तामाकोसीको सेयर मूल्यमा सोमबार पनि गिरावट आइ उच्च कारोबार हुँदा परिसूचकलाई टेवा नपुगेको हो । तामाकोसीको सेयर मूल्य १० प्रतिशतले घटेर २ सय ६३ रुपैयाँ पुग्दा बजारमा १० करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फलस्वरुप, यसदिन माथिल्लो तामाकोसीको सेयरको प्रभावमा बजार पर्दा परिसूचक तामाकोसीकै लयमा हिँडेको हो । किनकी बजाको कारोबार रकममध्ये ३६ करोड ७७ लाख रुपैयाँको कारोबार भएकोमा माथिल्लो तामाकोसी एक्लैको १० करोडको भएको हो ।

यसदिन कारोबार सुरु हुनासाथ घट्न थालेको बढेको तामाकोसी जलविद्युत कम्पनीको सेयर मूल्य बजार बन्द हुनेबेलासम्म १० प्रतिशतले घटेको हो । नेप्से परिसूचक पनि सोही दिशामा ओरालो लागिरह्यो ।

Global Ime bank

गत पुस २९ गतेदेखि कारोबार सुरु भएको तामाकोशीको सेयर मूल्य ५ दिनसम्म निरन्तर बढेर आइतबारदेखि घटेको हो ।

घट्नेक्रममा सेयर बजारमा नेप्से परिसूचक १०.८६ अंकले घटेर ११६८.०६ अंकमा कायम भयो । सेन्सिटिभ इन्डेक्स पनि १.८७ अंकले घटेर २४७.६१ अंकमा पुगेर रोकियो ।

बजारमा करिब ३७ करोडको कारोबार हुने क्रममा बजारमा १६६ कम्पनीका १२ लाख ६५ हजार कित्ता सेयर किनबेच भए ।

यसदिन कारोबारमा आएका ११ समूहमध्ये १० समूहका उपसूचक घटे । त्यसमध्ये जीवन बीमा समूह सर्वाधिक ६१.६८ अंकले घट्यो । नेप्से परिसूचक घट्दा बजारमा गुर्खा फाइनान्सकाका सेयरधनीले सर्वाधिक कमाए । कम्पनीको सेयर मूल्य ४.८१ प्रतिशतले बढ्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC