site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पदबाट हटेको ६ महिनासम्म सीईओ र डेपुटी सीईओ अन्य बैंक जान नपाउने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मुलुकको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई आफ्नो सेवाबाट हटेपछि न्यूनतम ६ महिना व्यतीत नभई अन्य इजाजतप्राप्त संस्थाको सीईओ हुन नपाउने निर्देशन जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कार्यरत सीईओ प्रचलित व्यवस्थाको अधिनमा रही पुनर्नियुक्ति पाएको अवस्थामा बाहेक जुनसुकै कारण आफ्नो सेवाबाट निवृत्त भएपछि कम्तीमा ६ महिना अन्य बैंक तथा वित्तीय संस्थामा सीईओ हुन नपाउने निर्देशन जारी गरेको हो । 
राष्ट्र बैंकले ती तीन वर्गका संस्थाका लागि जारी गरेको ‘एकीकृत निर्देशन, २०७५’ का विभिन्न इजाजतप्राप्त निर्देशन संशोधन–परिमार्जन गर्दै ल्याएको नयाँ नियमअनुसार सीईओ जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकाल वा ६ महिनामध्ये जुन बढी हुन्छ, सो अवधि व्यतीत नभई सोही संस्थामा सञ्चालकलगायत अन्य कुनै पनि हैसियतमा काम गर्न पाउने छैनन् ।
“त्यसैगरी इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकमा कार्यरत दोस्रो वरियता (डेपुटी सीईओ) पनि सेवाबाट हटेपछि ६ महिनाको अवधि व्यतित नभई इजाजतप्राप्त संस्थाको समान प्रकृतिको पदमा नियुक्त हुन पाउने छैन,” राष्ट्र बैंकले जारी गरेको निर्देशनमा छ । 
त्यसैगरी कुनै एउटा इजाजतप्राप्त संस्थामा सञ्चालक रहेको व्यक्ति प्रचलित व्यवस्थाको अधिनमा रही कार्यकाल थप भएको अवस्थामा बाहेक सञ्चालक पदबाट जुनसुकै कारणबाट हटेमा कम्तीमा ६ महिनाको समय व्यतित नभई अन्य इजाजतप्राप्त संस्थामा सञ्चालकलगायत अन्य कुनै पनि हैसियतमा कार्य गर्न नपाउने राष्ट्र बैंकको निर्देशन छ ।
“कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकालभित्र सोही संस्थाको सञ्चालक पदमा निर्वाचित वा मनोनित हुन पाउने छैन,” राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलद्वारा हस्ताक्षरित निर्देशनमा उल्लेख छ, “तर, राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा गरिएका संस्थाका हकमा त्यस्ता संस्था समस्याग्रस्त रहँदा वा समस्याग्रस्तबाट हटेको दुई वर्षसम्म बुँदा (५) को उपबुँदा (३) बमोजिमका कारबाहीमा छुट प्रदान गरिएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC