site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शवमाथि शव
Sarbottam CementSarbottam Cement

–प्रभु जिरेल 

चरीकोट । भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका ४४ वर्षीय कालुमान थामीको भीरबाट लडेर शनिबार मृत्यु भयो । थामीको शवपरीक्षण गर्न शव प्राथमिक स्वास्थ्य केन्द्र चरीकोट ल्याइयो । 

लाश सद्गत गर्न सम्पूर्ण कपडा पन्छाउने क्रममा रगतले लतपत भएको एउटा प्लाष्टिकको झोला भेटियो । झोलामा पनि कपडा होला भनेर खोल्दा नवजात छोराको लाश भेटियो । सद्गत गर्ने विधि सकेर भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीको घाटमा जलाउन लागेको लाशमा अर्को लाश भेटिएपछि मलामी अचम्मित भए । दागबत्ती दिन लागेका बेला शवपरीक्षण गरी सिलाइएको अवस्थाको अर्को लाश भेटिएपछि सबै जना मलामी छक्क परेर अस्पताललाई गाली गर्न थाले । 

Prabhu Bank
Agni Group
NIC Asia

आफन्तको मलाम गएका मलामीहरु जलाउन लागेको लाशमा अर्को लाश भेटिएपछि केही बेर तनावमा परेको भीमेश्वर नगरपालिका–१ का वडाअध्यक्ष वीरमान थामीले बताए । 

वडाध्यक्ष वीरमानले सोबारे प्रहरीलाई खबर गरे । प्रहरीले बच्चाको लाश बुझेर फेरि अस्पताललाई बुझायो । त्यसपछि मात्र कालमानको लाश सद्गत गरिएको अध्यक्ष थामीले बताए । 

Global Ime bank

यही माघ ३ गते हराएका भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका कालुमानको शव माघ ५ गते बिहान करीब ७ बजे भीमेश्वर–२ को भीरमुनि भेटिएपछि सोही दिन प्रस्तावित चरिकोट अस्पतालमा शवपरीक्षण गरियो । शवपरीक्षणपछि प्लाष्टिकमा राखिएको शव बुझेर अस्पतालबाटै बाँसमा बाँधी गाडीमा लिएर गएको वडाध्यक्ष वीरमानले बताए ।  

चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा क्षमता घिमिरेले कालुमानको शव आफैँले शवपरीक्षण गरेको र शवपरीक्षण गरेर सिलाएपछि कार्यालय सहायकले अरू काम गरिहाल्छन् भनेर आफू बाहिर निस्कँदा गल्ती भएको हुन सक्ने बताए ।

प्रहरीले फोन गरेपछि मात्र बच्चाको पनि लाश गएको थाहा पाएको उनले जानकारी दिए ।  

बैत्यश्वर गाउँपालिकाबाट आएकी एक गर्भवतीबाट मृतावस्थामा चार केजी तौल भएको शिशु माघ ४ गते प्रस्तावित चरीकोट अस्पतालमा जन्मेको अस्पतालले जनाएको छ । परिवारले शिशुको लाश नलगेपछि के कारणले जन्मनुअघि नै मृत्यु हुन्छ भन्ने विषयमा अध्ययनका लागि शिशुको शव परीक्षणसमेत गरिएको अस्पतालले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC