काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्वकालीन घाउखत मेटाउन, वेपत्ता नागरिक खोज्न र सत्य निरुपण तथा मानवताविरुद्धका घटनाका दोषीलाई कारवाही गर्न तत्पर रहेको बताएका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानबिन आयोगको म्याद भुक्तान हुनै लागेको सन्दर्भमा प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद रेखा शर्माले राखेको जिज्ञासा मेटाउँदै उनले द्वन्द्वकालीन खाउखत मेटाउने र शान्ति प्रक्रियलाई अझै व्यवस्थित बनाउनेमा जोड दिए ।
उनले देशमा द्वन्द्व मेटिएर शान्ति स्थापना भइसके पनि द्वन्द्वका घाउखत, अवशेष बाँकी रहेको र त्यसलाई प्राथमितका साथ मेटाउन सरकार तत्पर रहेको जानकारी दिए ।
उनले दुवै आयोगको म्याद थप, तथा विस्थापन राजनीतिक दल, स्टेकहोल्डर र सरोकारवालासँगको सहमतिमा गर्ने प्रष्ट पार्दै छलफल भइरहेको समेत बताए ।
दुवै आयोगको म्याद यही माघ २६ गतेभित्र सकिँदैछ ।