site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुनकाण्डमा निर्णय दिने पाँच न्यायाधीश कारबाहीमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सनम शाक्य हत्या र ३३ किलो सुनकाण्डको फैसला दिने विराटनगर उच्च अदालतका पाँच न्यायाधीशलाई जिम्मेवारीमुक्त गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पाँच न्यायाधीशलाई जिम्मेवारीमुक्त गराउँदै न्याय परिषदमा हाजिर गराउने निर्णय गरेका छन् ।

उनीहरुले आजदेखि मुद्दाको सुनुवाई गर्न पाउनेछैनन् । राणाले प्रधानन्यायाधीशको जिम्मेवारी लिएलगत्तै निगरानी समिति बनाएका थिए । निगरानी समितिको प्रतिवेदनका आधारमा उनीहरुलाई न्यायपरिषदमा हाजिर गराउने निर्णय भएको हो । स्रोतका अनुसार न्यायाधीशहरु नगेन्द्रलाभ कर्ण, थीरबहादुर बम, शारङ्गा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौड्याललाई प्रतिवेदनका आधारमा छानबिनको दायरामा ल्याइएको हो ।

प्रतिवेदन अब बस्ने न्याय परिषद्को बैठकमा पेस गरिने भए पनि प्रधानन्यायाधीश राणाको विशेष निर्देशनमा यस्तो निर्णय गरिएको स्रोत बताउँछ । सनम शाक्य हत्या र ३३ किलो सुनकाण्डमा जिल्ला अदालत मोरङको निर्णयविपरीत धेरै अभियुक्तलाई तारेखमा रिहा गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC