site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चौधरी ग्रुपको लगानीमा रहेको ‘भिभान्ता काठमाडौं’ सञ्चालनमा, यस्ता छन् विशेषता
Sarbottam CementSarbottam Cement

काठमाडौं । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल माघ ३ गतेदेखि  औपचारिक रूपमा सञ्चालनमा आएको छ । दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी (आईएचसीएल)ले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित रिसोर्ट ‘मेघौली सेराई’पछि आईएचसीएलले व्यवस्थापनगर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो । करिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा समूह गौरवान्वित रहेको सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले बताए । नेपालको पर्यटन प्रवद्र्धनमा भिभान्ताले निरन्तर रूपमा भूमिका खेल्ने उनको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुन्दर सजावट, आकर्षक कलाकृतिले भरिपूर्ण ‘भिभान्ता काठमाडौं’मा ११० वटा कोठा छन् । विशेषगरी एसियाली स्वादमा रमाउनेका लागि ‘अकारी’जस्तो विख्यात विकल्प पनि उपलब्ध छ । रुफटप बारसँगै ‘कोको’को ‘बिस्त्रो–स्टाइल’ र ‘मिन्ट’को स्थानीय नेवारी स्वाद पनि भिभान्तामा पाइनेछ ।

‘भिभान्ता काठमाडौं’ले व्यायामशाला, स्विमिङपुल र स्पाको सुविधा पनि उपलब्ध गराउनेछ, जसले यो क्षेत्रका मौलिक सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई जीवन्त राख्नेछन् । आतिथ्यताका हरेक विश्वस्तरीय मानकमा ‘भिभान्ता काठमाडौं’ले आफूलाई अब्बल सावित गर्ने सीजी हस्पिटालिटीको दाबी छ ।

Global Ime bank

सीजी हस्पिटालिटीले विश्वका ९ मुलुकमा ४ हजार २ सय कोठासहित ८५ वटा होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ भन थप ३ मुलुकमा २ हजार १ सय कोठासहित ४० वटा होटल र रिसोर्ट सञ्चालन तयारीमा छन् । सन् २०२० भित्र १० हजार कोठासहित विभिन्न २० मुलुकमा २ सय होटल खोल्ने कम्पनीको लक्ष्य छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC