site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अप्रत्यासित जोखिमबाट बच्ने र बचाउने उत्तम उपाय नै सुरक्षित भवन : गृहमन्त्री थापा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षित भवन नै अप्रत्यासित जोखिमबाट बच्ने र बचाउने उत्तम उपाय भएको बताएका छन् । बुधबार काठमाडौंको भूगोलपार्कमा आयोजना गरिएको भूकम्प स्मृतिसभामा मन्त्री थापाले यस्तो बताएका हुन् । “प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका कारण कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नुपर्ने अवस्थाबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिवद्धता हो,” मन्त्री थापाले भने ।

१९९० साल माघ २ गतेको भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइराख्न स्मृतिसभा आयोजना गरिएको महानगरपालिकाले बताएको छ । भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर ०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन सुरु गरिएको हो ।

यस वर्षको नारा “विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार” रहेको छ । यसैअनुसार बुधबार दिनभर पाटन दरबार र जावलाखेल क्षेत्रमा भूकम्पकेन्द्रित कार्यक्रमहरु हुँदैछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC