काठमाडौं। सुयोग गुरुङको डेब्यु निर्देशनमा चलचित्र ‘सानो मन’ निर्माण घोषणा गरिएको छ । म्यूजिकल लभस्टोरी जानराको चलचित्र ‘सानो मन’मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको जोडी बाँधिएको छ ।
आयुष्मानले 'सानो मन' आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा चलचित्रको स्क्रिप्ट सुनिसकेको बताइन् ।
आयुष्मानले भने, ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो । चलचित्रको स्टोरी नर्मल छ, मिठो छ, छोटो छ र राम्रो छ ।’
अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण चलचित्र छाड्न नसकेको बताइन् । उनी यस फिल्ममा सानियाको भूमिकामा देखिनेछिन् ।
चलचित्र यही माघ ७ गतेबाट काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुनेछ ।