site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचनमा पराजित भएपछि निरन्तर आफ्नै क्षेत्रमा
Sarbottam CementSarbottam Cement

विराटनगर । काँग्रेस नेता डा. शेखर कोइरालाको फुर्सद हुनासाथ आफ्नो निर्वाचन क्षेत्रको दौडाहा निस्कन्छन् । निर्वाचन क्षेत्रभित्रका नगरपालिका र गाउँपालिकामा आयोजना हुने अधिकांश कार्यक्रममा सहभागी बन्छन् । यसैसाता काठमाडौबाट विराटनगर आएका कोइराला कार्यकर्ता र मतदातासँगको भेटघाटमा निकै व्यस्त बने । 

कोइराला निवासबाट प्रायजसो बिहानै निस्कने उनी राजनीतिक र सामाजिक कार्यक्रममा व्यस्त छन् । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलिया भन्छन्,‘‘उहाँले निर्वाचनमा हारेपनि आफ्नो क्षेत्रलाई माया मार्नु भएको छैन । बरु झन् धेरै समय दिएर जनताको पिरमर्कामा साथ दिइरहनु भएको छ ।’’ कोइराला फुर्सद मिलाएर काठमाडौबाट सोझै विराटनगरतिर आउने गरेको थपलिया बताउँछन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा तत्कालीन नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितसँग कोइराला पराजित भए । पण्डित भने अहिले संघीय सरकारको मन्त्रिमण्डलमा अटाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काँग्रेस नेता महेश आचार्य दुई सातोदेखि विराटनगरमै छन् । माघ ५ गतेसम्मको सूची बनाएर लामो बसाइँमा आएका आचार्य विभिन्न राजनीतिक कार्यक्रममा पनि सहभागी भईरहेका छन् । कार्यकर्ता भेटघाटदेखि काँग्रेसको अबको कार्यदिशा र पार्टीको नयाँ संघीय स्वरुपबारे पनि छलफल गरिरहेका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका गाउँपालिका र नगरपालिकामा हुने धेरै कार्यक्रममा उनी सहभागी भएका छन् । आचार्य भन्छन्, “अब केही समय यतै रहन्छु । आफ्नो क्षेत्रका कार्यक्रममा पनि सहभागी हुँदैछु ।’’ आचार्यले काठमाडौमा खासै धेरै व्यस्त नभएको हुँदा विराटनगर आएको सुनाए । उनी तत्कालीन एकीकृत माओवादीका उम्मेदवार अमनलाल मोदीसँग पराजित भएका थिए ।

नेताको निरन्तरको सक्रियता भेटघाटले सर्वसाधारणमा निकै सकारात्मक प्रभाव परेको छ । पहिले जितेर जाने वा हार्नेले समेत माया मार्ने गरेको गुनासो सुनिन्थ्यो तर अहिले त्यस्तो सोचाइमा समेत परिवर्तन आउन थालेको छ । बुढीगंगा गाउँपालिकाका सन्तोष चौधरी निरन्तरको सक्रियताले आफूहरुलाई समेत नेता जिम्मेवार बन्दै गएको संकेत मिलेको बताउँदै भन्छन्, “पिरमर्का बुझ्न उहाँहरु प्रायजसो गाउँघरमै आउने गर्नु भएको छ । हामीलाई पनि समय दिँदा मन बुझ्ने गरेको छ ।”

Global Ime bank

काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल पनि निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा खटिने नेताको रुपमा परिचित छन् । बाक्लो गरी विराटनगर–काठमाडौं आउजाउ गरिरहने अर्याल आफ्ना मतदाता समक्ष विविध कार्यक्रम लिएर पुगिरहेका हुन्छन् । 
उनी तत्कालीन माओवादीका उम्मेदवार शिवकुमार मण्डलसँग मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा पराजित बनेका थिए । 

दुई दिनको बसाईपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित शनिबार मात्र काठमाडौं फर्किएका छन् । सामाजिक संस्था र पार्टीका सातवटा कार्यक्रममा सहभागी हुन उनलाई भ्याई नभ्याई भयो । एक रात सुन्दरहरैंचामा कार्यकर्ताको घरमा बास बसे ।
काठमाडौमा फुर्सद हुनासाथ प्रायःजसो विराटनगर झर्छन् । अनि आफ्नो निर्वाचन क्षेत्रतिर लाग्छन् । जितेर जाने नेता हराउँछन् भन्ने जनताको गुनासो मेट्न पण्डित पनि प्रयास गरिरहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC