site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
Sarbottam CementSarbottam Cement

काठमाडौं  । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने स्पष्ट पारेका छन् । 

उनले भने, ‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आँफै पहल गरेर भएपनि प्रधानमन्त्रीज्यूले डा. केसीको माग सम्बोधन गर्नुहोस भनेर म यही मञ्चबाट आग्रह गर्दछु ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री ओलीले डाक्टर केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने पनि बताए । सरकारले दुई तिहाईको दम्भ देखाउन नहुने उनको सुझाव छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकारले कु–सोच राख्न नहुने धारणा राखे । उनले भने,‘आवश्यक पर्यो भने हामी पनि चुप लागेर बस्दैनौं । हामी कम बोल्छौं तर काम गरेर देखाउँछौं ।’ सरकारले अहिले दम्भ र उत्तेजना देखाउन बेला नभएको पनि उनले तर्क गरे । 

गोविन्द केसी सरकारी कर्मचारीमात्रै नभएर तीन करोड नेपालीहरुको अभियन्ता पनि भएको श्रेष्ठले बताए । उनले भने,‘जनताले संघर्ष गर्दा मुलुकमा भएका शक्तिशाली संस्थाहरुपनि धराशयी भएका ईतिहाँस छ ।’ 

Global Ime bank

उनले आफूहरु डाक्टर केसीको पृष्ठपोषक नभएको पनि जिकिर गरे । श्रेष्ठले भने,‘डाक्टर केसीले उठाएका मागहरु त कम्युनिष्ट सरकारले उठाउनुपर्दथ्यो । कम्युनिष्ट सरकारले उठाउनुपर्ने कुरा उठाईदिनुभएको छ ।’ उनले डाक्टर केसी संघको आजिवन सदस्य भएकोले उनको जीवन रक्षाको लागि सरकार गम्भिर बन्नुपर्नेपनि बताए । 

वर्तमान सरकारले डाक्टर केसीसँग सम्झौता गरेको तर कार्यान्वयन नगरेकोमा उनले गुनासो पोखे । उनले भने,‘सरकारले कि नसक्ने भए हामी सक्दैनौं भनेर पहिल्यै भन्नुपर्दथ्यो । तर, सम्झौता गरेपछि लागु गर्नुपर्छ ।’

सत्तारुढ दल नेकपाका नेता एवम् प्रस्तावित मनमोहन मेडिकल कलेज सञ्चालक समितिका सचिव डा. रामकुमार अधिकारीले डा. गोविन्द केसीले राजनीतिक माग राखेर १६ औं अनशन बसेको आरोप लगाएका छन् । 

उनले भने,‘डाक्टर केसीले राख्नुभएको ६ बुँदे मागमा स्वास्थ्य क्षेत्रबारे केही माग छैन् । उहाँले प्रष्टसँग राजनीतिक माग राख्नुभएको छ ।’

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयन नगरेकोले वर्तमान सरकारले राजिनामा दिनुपर्ने माग गरे । 
उनले भने,‘हिजो सरकारले लम्पसार परेर सम्झौता गर्यो, तर आज आएर सम्झौता कार्यान्वयन गरेन । नैतिकताका आधारमा पनि यो सरकारले राजिनामा दिनुपर्छ ।’

दुई तिहाई बहुमतको सरकारले केसीका सबै माग पूरा गर्छौं भनेर सम्झौता गरेको उनले सुनाए । उनले भने,‘दुई तिहाईको सरकार भएको नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङले हामी बलियो सरकार हौं । हामी उहाँका सबै मागहरु पूरा गर्छौं भन्नुभयो । तर, आज ६ महिना नबित्दै डाक्टर केसीले अनशन थाल्नुभयो । हिजै यो सरकारले यी–यी मागहरु पुरा गर्न सक्छौं । यी–यी मागहरु पूरा गर्न सक्दैनौं भनेर भन्नुपर्दथ्यो ।’

केसीले हिजो गोविन्द केसीसँग लम्पसार परेर सम्झौता गर्ने वर्तमान सरकारले आज आएर केसीका मागहरु समयसापेक्ष छैनन् भनेर भन्न नपाउनेपनि जिकिर गरे । उनले भने,‘कि त सरकारले हामीसँग दुई तिहाई छैन भनेर भन्नुपर्यो । होईन, भने उहाँहरुलाई केले रोक्यो ?’

उनले अनशनरत डाक्टर केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरे । त्यस्तै केसीसँग भएको सम्झौता अक्षरंश पालना गर्नुपर्नेपनि उनले बताए । मेडिकल क्षेत्र र शिक्षाको सुधारको लागि छुट्टै मेडिकल विश्वविद्यालय चाहिनेपनि उनको भनाई छ । उनले थपे,‘मेडिकल क्षेत्र सुधारको लागि माथेमा आयोगको प्रतिवेदन राम्रो र उत्कृष्ट छ । तर, त्यो प्रतिवेदन पूर्ण होईन । यसको लागि मेडिकल युनिभर्सिटी आवश्यक हुन्छ ।’
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  ०५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC