संगठनलाई अनिर्णयको बन्दी नबनाउन भन्दै नेविसंघका ८ पदाधिकारीले दिए राजीनामा

संगठनलाई अनिर्णयको बन्दी नबनाउन भन्दै नेविसंघका ८ पदाधिकारीले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । 
राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् । सभापति देउवालाई बुझाइएको राजीनामा पत्रमा सहमहामन्त्री चलाउनेको भने हस्ताक्षर गरिएको छैन । 
महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा दिएको उपाध्यक्ष शाहीले बाह्रखरीलाई बताए । ‘‘हाम्रो समायावधि भदौ २ मै सकिएको थियो । तर विधानतः तीन महिना थप गरेर अधिवेशन गराउन लाग्यौं,’’ उनले भने, ‘‘त्यो अवधिमा अधिवेशन हुन सकेन, पार्टीले फेरि २ महिना थपेपछि घोषणा गरिएको समयमा अधिवशेन हुन नसक्ने देखिएपछि हामीले संगठनलाई अनिर्णयको बन्दी बनाउन हुँदैन भनेर राजीनामा दिएक हौं ।’’
दोस्रो पटक म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो । तर महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले मात्र १४ जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छ । दुई जिल्लामा अधिवेशनको उद्घाटन सम्पन्न भए पनि आन्तरिक विवादका कारण नेतृत्व चयन हुन सकेको छैन । महर नेतृत्वको कार्यसमितिको समयावधि माघ २ गते सकिँदैछ ।     
 


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

सरकार–सिके राउत सहमतिको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार र पृथकतावादी नेता सिके राउतबीच

सरकार–सिके राउत सहमतिको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार र पृथकतावादी नेता सिके राउतबीच

कांग्रेस कार्यालय सानेपामा जे देखियो...

काठमाडौं । विधानमा जारी विवाद टुंग्याउन नेपाली कांग्रेसले फागुन ९ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन

नेविसंघमा उमेर हदको विवाद, पक्ष र विपक्षमा प्रदर्शन

काठमाडौं । नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरुले प्रदर्शन गरेका छन् । निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट