site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ भन्सार बिन्दु: भारत भन्छ मायागञ्ज, नेपालको चाहना रंगेली
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाल र भारत सरकार सीमामा थप पाँचवटा भन्सार बिन्दु थप गर्न सहमत भएका छन् । तर, कतिपय स्थानमा कुन भन्सार बिन्दु कहाँ खोल्ने भन्नेमा सहमति जुट्न सकेको छैन । 

झापाको भद्रपुर र गौरीगञ्ज, मोरङको रंगेली वा मायागञ्ज, रौतहटको बंकुल र नवलपरासी पूर्वको त्रिवेणीमा नयाँ भन्सार बिन्दु खोल्ने विषयमा दुवै देश सहमतिको नजिक पुगेको भन्सार विभागका महानिर्देशक तोयम रायले जानकारी दिएका छन् । विहीबार विराटनगरमा रायले भने, ‘नेपाल–भारत वाणिज्य सन्धिले सहमति दिनासाथ पूर्वाधार तयार गर्दै नयाँ भन्सार नाका सञ्चालनमा आउने छन् ।’ आफूले रंगेली र मायागञ्ज भन्सार बिन्दु र भारतपट्टिको नाकाको समेत निरीक्षण भ्रमण गरेको रायाले बताए । 

पूर्वको झापा र मोरङको समेत गरी तीन नाका उद्योगी, व्यवसायी र स्थानीयका लागि वहुप्रतिक्षित छन् । तीमध्ये रंगेली नाकालाई नेपाली पक्षले आफ्नो अडानका रुपमा राखेको छ । भारतीय पक्षले भने रंगेलीभन्दा पाँच किलोमिटर पश्चिममा पर्ने मायागञ्ज नाका खुलाउन जोड दिइरहेको छ । महानिर्देशक रायाले भने, ‘पाँचवटा नाका यसै वर्ष थप्ने गरी काम अघि बढिसकेको छ । कुन कहाँ रहने भन्ने अझै छलफल हुनेछ ।’ रंगेली मोरङको पुरानो सदरमुकाम तथा राणा र पञ्चायतकालीन समयको व्यापारिक ‘हब’ को रुपमा परिचित छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मोरङको रंगेली र मायागञ्जबाट भारततर्फको बजार कुवाडी बजार जोडिने छ । रंगेलीबाट भारतीय सीमा अलि नाका नजिकै पर्छ । तर, भारततर्फ चार किलोमिटर र नेपालतर्फ दुई किलोमिटर सडक साँघुरो छ । मयागञ्जबाट भारत छ किलोमिटर दूरीमा पर्छ । सडक दुई लेनको मात्र छ । नेपालतर्फ तीन किलोमिटर साँघुरो छ । रंगेलीबाट भने बोर्डर तीन किलोमिटर मात्र टाढा छ । महानिर्देशक राय भन्छन्, ‘अर्थमन्त्रालय तथा सम्बन्धित निकाय सहमत भएपछि भन्सार बिन्दुमा भौतिक पूर्वाधार तयार गर्नेदेखि सञ्चालनसम्मको काम अघि बढ्ने छ ।’
गौरीगञ्ज र भद्रपुरसँगै भारतले झापा बजारको नाकालाई बढी जोड दिएको छ ।  यसमा पनि सहमति भए ६ वटा भन्सार बिन्दु सञ्चालन हुने सम्भावना छ । भद्रपुर सर्नुअघि यहीं झापा बजारमा जिल्लाको सदरमुकाम थियो । सुरुङ्गाबाट भारतीय सीमा १९ किलोमिटर दक्षिणमा अवस्थित छ । कञ्चनपुरको बेलौरी नाका भने प्रदेश ४ को मुख्य नाकालाई रुपमा हेरिएको महानिर्देशक रायाले बताएका छन् । 

मोरङको नयाँ नाका रंगेली वा मायागञ्ज जुन भएपनि साँगुरो सडकका कारण मालवाहक ट्रक आउजाउमा समस्या हुने देखिएको बताउँदै महानिर्देशक रायाले भने, ‘बरु झापाको गौरीगञ्ज नाकामा भने बोर्डरसम्म दुई लेनको सडक छ । त्यहाँ किसनगञ्ज र दिगलबैंक भारतका प्रमुख बजार रहेका छन् । यता साँघुरो सडकले केही समस्या देखिन्छ ।’

Global Ime bank

भन्सारको समस्यामा उद्योगीको ध्यानाकर्षण

यसैबीच उद्योग संगठन मोरङले विहीबार भन्सार विभागका महानिर्देशक तोयम रायासँग गरेको अन्तरक्रियामा भन्सार कार्यालयमा हुने ढिलासुस्ती र समस्या समाधान गर्न उद्योगीले माग गरेका छन् । 

संगठनका वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेलले समग्रमा उद्योगीका समस्या राख्दै भन्सारको काम कार्वाही छिटोछरितो हुनुपर्ने, उद्योगमा आयातित गरिएको सामान खन्याएर मालवाहक गाडी दुई दिनमा फर्कनु पर्नेमा ६ दिनसम्म विलम्ब हुने अवस्था रहेको, भन्सारमा कर्मचारी बढाउनु पर्ने, बारम्बार लिंक फेलियर हुँदा निकासी पैठारीमा आउने अवरोध हटाइनु पर्ने र भन्सार क्षेत्रमा एउटा वाणिज्य बैंकमात्र रहेकोले अरु थप गर्नुपर्ने माग गरे ।

संगठनका उपाध्यक्ष प्रदीप मुरारकाले आयात निर्यात र उद्योगतर्फका लागि अलग्गै जाँचकी अधिकृतको व्यवस्था गरिनुपर्ने सुझाव दिए । भने, ‘जनशक्ति थप भए काम छरितो हुन्छ ।’ भन्सार फुकुवार गरिसकेपछि फेरि भ्याट फुकुवाको झन्झटले अधिक समय लाग्ने गरेकोले एउटै पासबुक राखिदिए सहज हुने बताए । उद्योगी सुरेन्द्र गोल्छाले समस्याबारे लिखित जानकारी गराउँदासमेत भन्सार कार्यालयबाट त्यसबारे सुनुवाई नहुने गरेको गुनासो गरे ।

उद्योगी तथा संगठनका निवर्तमान अध्यक्ष मुकेश उपाध्यायले चाइनिज सामान वाहक ट्रकलाई बढी प्राथमिकता दिइँदा भन्सारमा उद्योगका कच्चा पदार्थदेखि अन्य सामान ल्याउने मालवाहक ट्रक रोकिने गरेको बताए । 

उद्योगी विपिन काबराले भारतको मिरगञ्ज पुललाई बर्खाअघि नै पूर्ण मर्मत गर्न भारत सरकारसँग पहल गर्न माग गरे । संगठनका अध्यक्ष भीम घिमिरेले भन्सारको काम कार्वाहीदेखि सबै गतिविधि उद्योगीका लागि सहज हुने ढंगले संचालन हुनुपर्ने माग गरे । 

महानिर्देशक रायाले सरकार नयाँ भन्सार ऐन ल्याउने तयारीमा रहेको र यो अन्तर्राष्ट्रियस्तरको हुने बताए । भने,‘नयाँ मापदण्ड र अन्तार्राष्ट्रिय मापदण्डअनुसार नै नयाँ कानुन आउने छ । यसले धेरै विषयको सम्बोधन हुनेछ ।’

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC