site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मन्त्री भेट्नै ब्यस्त ‘गोपी’ युनिट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गोपी’ युनिटले प्रदर्शन मिति नजिकिँदै गर्दा संघीय सरकारका मन्त्रीहरुसँगको भेटघाटलाई तीव्र बनाएको छ । मंगलबार श्रम मन्त्री गोकर्ण विष्टलाई भेटेको निर्माण पक्षले आज (बुधबार) कृषि मन्त्रीसँग भेटघाट गरेको छ । 

कृषिमन्त्री चक्रपाणी खनालसँग चलचित्र ‘गोपी’को विषय र नेपाली चलचित्रको अवस्था र सम्भावनाका विषयमा कुराकानी भएको निर्देशक दीपेन्द्र लामाले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

भेटमा मन्त्री खनालले कुनै समय आफूले मोहनविक्रम सिंहको नाटकमा अभिनय गरेको र चलचित्र ‘आवाज’ का लागि गीत लेखेको प्रसंग सुनाएको लामाले जानकारी दिए । 

“उहाँले कृषिमाथि बनेको चलचित्र ‘गोपी’को सफलताको कामना गर्नुभयो । साथै चलचित्र हेरेर सम्भावित सहकार्य गर्न मन्त्रालय तयार रहेको पनि बताउनुभयो,” निर्देशक  लामाले भने । 

Global Ime bank

श्रममन्त्री विष्टले चलचित्रको ट्रेलर हेरेर हिजो ‘गोप’का निर्देशक, निर्माता तथा कलाकारलाई भेटेर चलचित्रबारे जानकारी लिएका थिए । 

मास्टर्स गरिसकेको युवा स्वेदेशमा गाई पालन गरेर बसेको कथालाई उठान गरेको चलचित्रले अघिल्लो हप्ता प्रचारको नयाँ शैली अपनाउँदै पोखरामा हट एयर बेलुनमा आफ्नो पोस्टर राखेको थियो । 

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा विपिन कार्की मुख्य भूमिकामा छन् । चलचित्र माघ १८ गते रिलिज हुँदैछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC