site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चिसाङ खोलामा उत्खनन् विवाद, सय रुपैयाँको किचलो
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङको चिसाङ खोलाले कानेपोखरी र बेलबारीलाई बीच भागबाट चिरेको छ । खोला उत्तरबाट दक्षिणतर्फ बगेको छ । पूर्वमा कानेपोखरी गाउँपालिका र पश्चिम बेलबारी नगरपालिकातर्फ बाक्लो बस्ती छ । उबेला मानिसको चाप कम थियो । चारकोसे झाडी आसपास औलोको उच्च जोखिम थियो । मानिसहरु बसाईं सरेर तराई झर्न चाहँदैनथे । 

कुलबहादुर आचार्यका बुबा २०३६ सालतिरै कानेपोखरी झरे । उबेला भर्खर झोडा फाँडेर बस्ती बस्दै थियो । चर्चेको जमिनमै खेतीपाती हुन्थ्यो । यद्यपि अहिले पनि यो क्रम चलेकै छ । ‘‘यहाँका मानिसको मुख्य आयस्रोत नै खेतीपाती हो’’, कुलबहादुर भन्छन्,‘‘तर, केही दशकभित्रै चिसाङले हामीजस्ता धेरै किसानको खेत निलिसक्यो । उठिबास भइसक्यो ।’’ आचार्य परिवारले २०४० यता चार बिगाह जग्गा गुमाइसके । सबै खेत खोलाभित्र पर्छ । खेतको पोत हरेक वर्ष बुझाउँछन् । धान फल्ने खेतमा अहिले ढुंगागिटी र बालुवा थुप्रिएको छ । त्यही खेतमा खोला ठेक्कामा लिएका ठेकेदारले आँखा लगाएका छन् । कतिपय ठाउँमा उत्खनन् नै सुरु गरेका छन् । यो खोलाको बहाव क्षेत्रका करिब १ हजार घर जोखिममा रहेको गाउँलेको दाबी छ ।

आचार्यले चिसाङको कटान अहिले नयाँ मोडमा आइपुगेको तर राज्यले चासो नदिएको बताउँदै भने, ‘‘अनधिकृत उत्खनन्का नाममा झन् जोखिम बढाई दिएको छ ।’’ जनप्रतिनिधिसमेत लागेर चिसाङ खोलामा मापदण्ड नहेरी ढुंगागिटी र बालुका निकाल्न थालेपछि गाउँले भने आन्दोलनमा उत्रिएका छन् । वस्ती मास्तिरको राजमार्गसम्म पुगेर सडक नै अवरुद्ध गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार बेलबारी र कानेपोखरीका बासिन्दाले खोलाबाटै ठेकेदारका ट्रिपर फर्काई दिएका छन् । बढीभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् हुने उत्तरको गौंथली र दक्षिणतर्फको समिर नाकामा पहरा दिई गाउँलेले ट्याक्टर र ट्रिपर बन्द गराएका छन् । 

सय रुपैयाँको किचलो
प्रहरीले सोमबार कानेपोखरी ५ का रोशन दनुवार र जित चौधरीलाई पक्राउ गर्यो । उनीहरुलाई खोला किनारमै सादा पोसाकमा आएका प्रहरीले समाएर बेलबारी इलाका प्रहरी कार्यालय पुर्याए । ‘पहिले त कसले लग्यो लग्यो भन्ने भयो’, स्थानीय बद्री ढकालले भने, ‘‘पछि प्रहरी त पोशाक नै नलगाई आएको खुल्न आयो ।’’

Global Ime bank

कानेपोखरी ५ का वडाअध्यक्ष समेतको सहमतिमा दुई वर्षअघि खोलाबाट ढुंगागिटी बालुवा लैजान सवारीसँग समितिमार्फत गाउँलेले १ सय रुपैयाँ उठाउने गरेका थिए । रकम उठाएको विषयमा बेलबारी नगरपालिकाले उजुरी गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । इप्रका बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले म्याद थप गरी दुबैलाई चन्दा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय विराटनगर पठाइएको जानकारी दिए । स्थानीय प्रदीप रिजालले भने, ‘‘पहिले सबैको सहमतिमा बनेको समितिले नै खटाएका युवा पक्राउ परेका हुन् । गाउँपालिकाकै सहमतिमा रकम उठाउने गरिएको थियो । अहिले एक्कासि पक्राउ गरे ।’’ गाउँलेले खोलाबाट उठाइएको रकम स्पर निर्माणदेखि खोला क्षेत्रमै खर्च गर्ने स्थानीय बमबहादुर खड्काले बताए ।

पूर्वपश्चिम राजमार्ग केही दक्षिणतर्फ समिर नाकामा पहिले अशोक मुरारकाले सञ्चालन गरेको क्रसर उद्योगसँगै रहेको ठाउँमा उत्खनन् सुरु गर्न लागिएपछि विवादले उग्र रुप लिएको सांसद सूयर्माराज राई बताउँछन् । उनले भने, ‘‘हामीले गाउँ बचाउने योजना नआउञ्जेलसम्म उत्खनन् गर्ने कुरा नगर्नुस् भनेका छौं तर सुनुवाई भएको छैन ।’’ राईले प्रदेश १ का डिआईजी, जिल्ला समन्वय समितिका प्रमुख, प्रहरी प्रमुख, बेलबारी नगरपालिकाका प्रमुख र कानेपोखरी गापाका प्रमुखको मिलेमतोमा ठेकेदारले आफूखुसी उत्खनन् गर्न लागेको आरोप लगाए । समिर नाकामा उत्खनन् गर्ने ठाउँको विषयमा नापजाँच भएपछि गाउँलेले खोलामा उत्खनन् रोकेका छन् ।

बेलबारी ८ को राधानगर र कानेपोखरी ५ तर्फको नाकामा  ढाट तेस्र्याइएको छ । गाउँलेको भनाइमा गिटीबालुवा निकासी रोक्न ‘नाकाबन्दी’ नै गरिएको हो । ढुंगा बोक्न आएको कानेपोखरी गाउँपालिका ५ का वडाअध्यक्ष चरण गुरुङको ट्रिपर पनि गाउँलेले फर्काइ दिए । उनी ढुंगागिटी कारोबारी पनि हुन् ।

महिला समूहले ट्रिपर चालकबाट चाबी खोस्न खोजेपछि खोला किनारमै केहीबेर तनाव भएको थियो । प्रहरीले अघिल्लो दिन गाउँका दुई युवालाई पक्राउ गरेको आक्रोश पनि गाउँलेले पोखिरहेका थिए । स्थानीय प्रदीप रिजालले भने, ‘‘हामीले खोलाले कटान गरी गाउँवस्ती नै सखाप पार्ने अवस्था आएपछि आन्दोलनको विकल्प रोजेका हौं ।’’ गाउँलेले कानेपोखरी चौकमा भेला भई प्रदर्शन गरेका थिए । जुलुस निकाल्दै गाउँलेले केहीबेर चक्काजाम गराए ।

आन्दोलनको नेतृत्व प्रदेश १ का सांसद सूयर्माराज राईले लिएका छन् । उनले भने,‘‘पहिले गाउँतर्फ सोझिएको खोलामा तटबन्धन गर्न, मापदण्डअनुसार मात्र उत्खनन् गर्न र जनताको खेतमा थुप्रिएको ढुंगागिटी बालुवा निकाल्न बन्द गर्नुपर्ने हाम्रो माग हो ।’’ यो ठाउँ राईको निर्वाचन क्षेत्रमा पर्छ । उनले प्रहरी, प्रशासन र प्रदेशका सांसद तथा मन्त्रीसमेतको मिलेमतोमा उत्खनन्लाई प्रोत्साहित गरिएको आरोप लगाएका छन् ।

कृष्णबहादुर न्यौपाने पनि एकजना पीडित हुन् । पहिले ६ बिगाहा खेत थियो । अहिले ३ बिघा खेत चिसाङभित्र पर्छ । न्यौपाने भन्छन्,‘‘खोलामा परेको खेत अहिले खोला नै हो भनेर मेसिन लगाएर खन्न आएपछि हामी चुप लागी बसेर भयो त ?’’ उनले जथाभावी खन्दा कटान बढेको, बाढी गाउँतिर पस्न थालेको र कृषियोग्य जमिन मरुभूमि बन्न थालेको सुनाए । खोलाको क्षेत्र छुट्याएर उत्खनन् गरे आफूहरुलाई आपत्ती नहुने न्यौपानेले बताएका छन् । 

बेलबारी र कानेपोखरीको सीमा नदी भएकोले दुबै पालिकाले आईई गरेर ठेक्का लगाइएको जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिए । उनका अनुसार त्यो क्षेत्रमा ६७ हजार ५ सय घन मिटर उत्खनन् गर्न सहमति दिइएपनि ३३ प्रतिशतमा निकालिने छ । पोखरेलले भने, ‘‘खोला बीचबाट दुबैतर्फ ३३ प्रतिशत उत्खनन् गरिने छैन् ।’’ 
प्राप्त आम्दानीको पचास प्रतिशतले खोलामा तटबन्ध, २० प्रतिशतले सडक मर्मत र ३० प्रतिशतले अन्य क्षेत्रलाई लगानी गर्न पालिका तयार रहेको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC