site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेलम्ची आयोजना घिटिक–घिटिक परेको छः खनाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ने क पाका नेता झलनाथ खनालले मेलम्ची खानेपानी आयोजना घिटिक–घिटिकको अवस्थामा पुगेको बताएका छन् । नेता खनालले नेपालका राष्ट्रिय गौरवका कुनै पनि आयोजनाको प्रगति सन्तोषजनक नदेखिएको समेत दाबी गरेका छन् । 
मङ्गलबार सिंहदरबारमा बसेको संसदीय विकास तथा प्रविधि समिति बैठकमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । बैठकमा राष्ट्रिय सतर्कता कन्द्रका सचिव विष्णु ओम बादेले केन्द्रको कार्यसम्पादन पनि प्रस्तुत गरेका छन् ।
केन्द्रले भ्रष्टाचार एवम् आर्थिक अनियमितता हुन सक्ने ६ वटा विषयमा विस्तृत अध्ययन गरिएको बादेले बताए । केन्द्रको यीलगायतका प्रगति विवरणको प्रस्तुति सुनेपछि नेता खनालले उक्त प्रतिक्रिया व्यक्त गरेका हुन् ।
“नेपालका कुनै पनि राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगति सन्तोषजनक देखिएको छैन,” नेता खनालले केन्द्रको ध्यानाकर्षण गराउँदै भने, “यस्ता आयोजनामा भएका भ्रष्टाचार र अनियमितता रोक्न केन्द्रले भूमिका खेलोस् ।” 
बैठकमा सांसद राजेन्द्र लिङ्देनले मेलम्ची खानेपानीबाट ठेकेदार कम्पनी सीएमसी काम छोडेर भाग्नुमा मन्त्रालयको पनि त्रुटि रहेको बताए । 
कम्पनीले पुस १ गतेभित्र मन्त्रालयले क्षतिपूर्तिवापत ३६ करोड रुपैयाँ दिनुपर्ने बताएको थियो । 
“मन्त्रालयले ठेकेदार कम्पनीलाई समयमै क्षतिपूर्तिबापतको उक्त रकम समयमै नदिएपछि कम्पनी काम छोडेर भाग्न बाध्य भएको हो,” सांसद लिङ्देनले भने, “यसमा मन्त्रालय पनि दोषी छ ।” बैठकमा समिति सभापति कल्याणी खड्काले राष्ट्रिय सतर्कता केन्द्रले आफ्नो परिचय मात्र होइन पहिचान बनाउने खालको काम गर्न सुझाव दिएकी छन् । 
  

 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC