site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इतिहासमै पहिलो पटक करिब १२ लाख पर्यटक नेपाल भित्रिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०१८ मा करिब १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यति संख्या नेपालको पर्यटक आगमन इतिहासमै पहिलो पटक पुगेको हो । 

राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार हवाई र स्थल मार्गबाट सन् २०१८ को जनवरीदेखि डिसेम्बरभित्र ११ लाख ७७ हजार ७३ विदेशी पर्यटक नेपाल आएको तथ्यांक रेकर्ड गरिएको छ ।

विगतमा एक वर्षसम्म पर्यटक गणना गर्दा पनि १० लाख पुग्न सकेको थिएन । तर, २०१८ को ११ महिनामै पर्यटक संख्या १० लाख नाघिसकेको थियो । गत वर्ष २०१७ मा हवाई र स्थलमा मार्गबाट गरी कूल ९ लाख ४० हजार २ सय १८ पर्यटक आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रो पर्यटन आगमन इतिहासमै पहिलो पटक करिब १२ लाख विदेशी पर्यटक भित्रिएको तथ्यांक रेकर्ड गर्न पाउँदा औधी खुसी छौं,” पर्यटन बोर्डका सीईओ जोशीले सोमबार बाह्रखरीसँग भने, “२०१८ मा आएको पर्यटक संख्या २०१७ को दाँजोमा २४ दशमलव ७७ प्रतिशतले बढी हो ।”

जोशीका अनुसार गत वर्ष नेपाल आएका पर्यटकमध्ये सबैभन्दा बढी (प्रमुख पाँच देश) भारत, चीन, अमेरिका, श्रीलंका र बेलायत रहेका छन् । गत वर्ष भारतबाट २ लाख ४ सय ३८ पर्यटक आएका थिए । यो अघिल्लो वर्षको तुलनामा २५ दशमलव १ प्रतिशतले धेरै हो । २०१८ को कूल पर्यटक आगमन संख्यामा अझै वीरगन्ज नाकाबाट भित्रिएका पर्यटकको तथ्यांक आइसकेको छैन । 

Global Ime bank

त्यसैगरी दोस्रो स्थानमा रहेको चीनबाट गत वर्ष १ लाख ५३ हजार ६ सय २ पर्यटक आएका थिए । यो भनेको अघिल्लो वर्षको दाँजोमा ४६ दशमलव ८ प्रतिशतले बढी हो । तेस्रो स्थानमा परेको अमेरिकाबाट २०१८ मा १६ प्रतिशतले पर्यटक बढेका छन् । नेपाल आइपुगेका अमेरिकी पर्यटक संख्या गत वर्ष ९१ हजार ७ सय ८५ पुगेको थियो । 

त्यस्तै चौथो स्थानमा परेको श्रीलंकाबाट गत वर्ष ७० हजार ६ सय १० पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो संख्या अघिल्लो वर्षको दाँजोमा ५५ दशमलव ७ प्रतिशतले बढी हो । उता पाँचौं स्थानमा रहेको बेलायतबाट ६३ हजार ८६ पर्यटक आएका थिए । यो भनेको अघिल्लो वर्षको दाँजोमा १५ दशमलव ६ प्रतिशत धेरै हो । 

“अझै भौतिक पूर्वाधार थप्दै जान सकियो भने यही दरमा पर्यटक संख्या पनि बढ्दै जाने निश्चित छ । त्यसमाथि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सकेसम्म चाँडो सञ्चालनमा ल्याउन सकियो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप सुधार गर्न सकिए सुनमा सुगन्ध हुनेछ,” पर्यटन बोर्ड सीईओ जोशीले भने, “यति गर्न सकिए सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक ल्याउने लक्ष्य अवश्य पूरा हुनेछ ।”

आगामी दिनमा निजी क्षेत्रले पर्यटक आकर्षित गर्न नवीन गतिविधि गर्दै जाने र दक्ष जनशक्ति उत्पादन गर्दै जानुपर्ने सुझाव जोशीले दिए । निजी क्षेत्रसँग सहयोग र सहकार्य नगरी समग्र पर्यटन क्षेत्र अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।

“नेपाल भ्रमणमा आएका विदेशी पर्यटक लगभग १२ लाखहाराहारी पुग्नु भनेको समग्र पर्यटन उद्योगका लागि असाध्यै खुसीको खबर हो,” एस होटल्स एन्ड रिसोर्ट्सका कार्यकारी अध्यक्ष योगेन्द्र शाक्यले सोमबार बाह्रखरीसँग भने, “यही वृद्धि दरले गति लिँदै गयो भने २० लाख पर्यटक लक्ष्य गरिएको भ्रमण वर्ष २०२० अभियान सफल हुनेमा शंका छैन ।” 

नेपाल आएका र आउने योजना बनाएका संसारभरका पर्यटकलाई सकेसम्म बढी मनोरञ्जन दिन र यहाँ बिताउने दिन बढाउन पर्याप्त पूर्वाधार हुनुपर्ने शाक्यको भनाइ छ । 

“तर, पर्यटकको संख्या बढ्नासाथ उत्साही भइइहाल्ने अवस्था चाहिँ छैन,” १० लाख पर्यटक ल्याउने लक्ष्यसहित सन् २०११ मा सरकारले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०११’ का राष्ट्रिय कार्यक्रम संयोजकसमेत रहेका शाक्यले भने, “आगामी दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त सुधार गर्दै जानुपर्छ । । हवाई मार्गबाट नेपाल आइपुग्ने पर्यटकले पहिलो पाइला राख्ने एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुधार नगरेसम्म पर्यटकमाझ मुलुकको छवि सकारात्मक बन्न सक्दैन ।”

पर्यटन व्यवसायीहरूले एक वर्षमै विदेशी पर्यटक संख्या लगभग १२ लाख पुग्नुलाई ‘कोशेढुंगा’ का रूपमा लिएको प्रतिक्रिया दिए । “यो संख्याबाट हामीले के बुझ्नुपर्छ भने विश्वका हरेक पर्यटकका लागि नेपाल सुरक्षित, सुन्दर र रोजाइको गन्तव्य हो,” गण्डकी ट्राभल्सका अध्यक्ष रामकाजी कोनेले, “यो सफलताबाट उत्साह थपिएकै छ तर हौसिएर बाटो बिराउने काम भने गर्नु हुँदैन, यही वा योभन्दा धेरै परिमाणको वृद्धि दर लक्ष्य गरी अगाडि बढ्यो भने भ्रमण वर्ष २०२० सफल पार्न सकिन्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०७५  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय