site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालीको औसत आयु ७१.३ वर्ष, गण्डकीमा बसाइँ सर्नेहरू बढी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा वार्षिक रूपमा ०.९२ प्रतिशतका दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा दुई करोड ९१/९२ लाखको हाराहारीमा जनसंख्या रहेको जनाएको छ । 

जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा तल रहेको कार्यालयका जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले बताए । यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो । २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको उनले बताए । 

नेपालको वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत
नेपालमा हाल दुई करोड ९१/९२ लाखको हाराहारीमा जनसंख्या छ । ०.९२ को दरले वार्षिक रूपमा जनसंख्या वृद्धिदर भइरहेको छ । जनसंख्या वृद्धिदर वार्षिक रूपमा एक प्रतिशतभन्दा तल छ ।  करिब ८० वर्षको इतिहासमा एक प्रतिशतभन्दा तल वार्षिक जनसंख्या वृद्धिदर यो पहिलोपटक हो । २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशत भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा ६० प्रतिशत एकल परिवार
जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ । त्यो बाहेकको परिवार संयुक्त परिवार हो । परिवारको संरचनाले पनि हरेक कुराहरू आर्थिक तथा सामाजिक संरचनामा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ । नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । ४० प्रतिशत संयुक्त परिवारमा बसोवास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । वाग्मतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोवास गर्ने प्रदेशमा वाग्मती अन्तिममा पर्छ ।

एक वर्षमा नेपालमा शिशुको कोरा जन्मदर १४.२ प्रतिशत
एक वर्षमा शिशुहरूको कोरा जन्मदर हेर्दा नेपालमा १४.२ प्रतिशत (हजारमा १४ जना) जन्मसर्त जन्म भएको देखिन्छ । जन्मिने हिसाबको क्रममा सबैभन्दा कम गण्डकी प्रदेशमा छ । गण्डकीमा वार्षिक जनसंख्या वृद्धिदर ०.२५ प्रतिशत मात्रै छ । यसको प्रभाव कोरा जन्मदरमा पनि परेको देखिन्छ । प्रतिहजारमा ११ जना मात्रै जन्म भएको देखिन्छ । यो सबैभन्दा बढी कर्णाली प्रदेशमा १८.६ अर्थात एक हजारमा १८ देखि १९ जना जन्म भएको देखिन्छ । 

Global Ime bank

कोरा जन्मदर घट्दो क्रममा छ । २०२८ सालदेखि २०७८ सालसम्मको अवधिमा द्रुतगतिमा कोरा जन्मदर घट्दो छ । ०६८ मा २२.४ थियो भने आठजनाको दरले यो अवधिमा घटेको छ ।

सबैभन्दा बढी छोरी जन्माउने कर्णाली प्रदेश
एउटा (१५—४९) वर्षका महिलाले आफ्नो प्रजनन उमेरमा जन्माउने जम्माजम्मी छोरीहरूको संख्या एकजना महिलाले नेपालमा प्वाइन्ट ७३ छोरीहरू जन्माउँछन् । सबैभन्दा बढी छोरी जन्माउने ठाउँ कर्णाली प्रदेश हो । कर्णालीमा १०० जनामा ७९ महिलाहरूले छोरी जन्माएको देखिन्छ । सबैभन्दा कम छोरीहरूको जन्म वाग्मती प्रदेशमा भएको छ । 

छोरीहरूको संख्या जति घट्छ जन्मदर द्रुत गतिमा घट्दै जाने खतरा हुन्छ । सोहीअनुसार नेपालमा पनि खतरा देखिएको निर्देशक लामिछानेले बताए । प्रतिहजार महिलाहरूमा २२२ शिशु वाग्मती प्रदेशमा जन्मिने गरेका छन् भने मधेस प्रदेशमा सबैभन्दा बढी हजार महिलामा ४०१ जना जन्मिने गरेका छन् ।

एउटा महिलाले आफ्नो जीवनकालमा १.९४ जना बच्चा जन्माउँछन्
१५ देखि ४९ वर्षका उमेरका महिलाहरूले बच्चा जन्माउने औसत उमेर कर्णाली प्रदेशमा करिब २७ वर्ष (२६.९) रहेको छ । त्यस्तै, वाग्मतीमा २८.४ छ । उमेर जति घट्दै गयो, त्यति नै बच्चा जन्माउने दर घट्दै जान्छ । अहिलेको प्रजनन् दर १५ देखि ४९ वर्षका महिलाले सरदर उसको जीवनकालमा कति बच्चा जन्माउँछन् भनेर हेर्दा १.९४ जना बच्चा जन्माएको देखिन्छ । 

सरदर एउटा महिलाले २.१ (१० जना महिलाले २१ वटा बच्चा) जन्मायो भने प्रतिस्थापन स्तर (रिप्लेसमेन्ट लेभल)मा जान्छ । नेपालमा रिप्लेसमेन्ट लेभलभन्दा दर तल गएको छ । प्रजनन् दर अहिले दुईभन्दा तल गएको अवस्था छ । राज्यले यस विषयलाई समयमा नै सम्बोधन गर्नुपर्ने निर्देशक लामिछानेको भनाइ छ । 

कोरा मृत्युदर सबैभन्दा बढी गण्डकी, सबैभन्दा कम कर्णालीमा
प्रतिएक हजारमा सबैभन्दा बढी मृत्यु गण्डकी प्रदेशमा ८.२५ (हजारमा ९ जना), कोसी र वाग्मती प्रदेश रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा छ । त्यहाँ कोरा मृत्युदर एक हजार जनामा ४.९९ रहेको छ । मधेसमा मृत्युदर कम भएको देखिन्छ । २०६८ मा एक हजारमा ७.३ जनाको मृत्यु भएको थियो भने अहिले आउँदा ६.८ प्रतिशतको मृत्यु भएको छ । २०३८ मा १३.५ जनाको मृत्यु भएको थियो । 

लुम्बिनी प्रदेशमा हजारमा ७.७ जनाको मृत्यु भएको दखिन्छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा देखिन्छ ६.४२ रहेको छ । एक हजार लाइफ बर्थमा कति बच्चाको मृत्यु भयो भनेर हेर्ने हो भने एक वर्ष नपुग्दै मृत्यु भएकाहरूको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिन्छ । त्यहाँ एक हजारमा २१ जना मृत्यु भएको देखिन्छ । 

सबैभन्दा कम गण्डकी प्रदेश र वागमती प्रदेशमा छ । जिवित जन्ममा एक वर्ष नबित्दै एक हजार जनामा १२ जनाको मृत्यु भएको देखिन्छ । पुरुष र महिलामा बालबालिकाको हिसाबमा हेर्दा (छोरा र छोरी) मा हेर्दा छोरीको मृत्युदर कम देखिन्छ । छोराको बढी छ । मधेसमा एक हजार जनामा १८ छोरीको मृत्यु  र २३ छोराहरुको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १२ छोराको मृत्यु हुँदा ११ छोरीको मृत्यु भएको देखिन्छ । छोराहरूको मृत्युदर सबै उमेर समूहमा बढी छ ।

शिशु मृत्युदरमा सुधार
२०३८ को जनगणनादेखि २०७८ सालसम्मको ट्रेन हेर्ने हो भने यो मृत्युदरमा सुधार भएको छ । २०६८ मा एक हजार जना शिशुहरूमध्येमा जन्मिएका शिशुहरूमा ४० जनाको मृत्यु भएको देखिन्छ । अहिले १७ मा पुगेको अवस्था छ । शिशु मृत्युदरमा सुधार भएको छ ।

नेपालीको औसत आयु ७१.३ वर्ष
अहिले नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको छ । पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको अन्तर बढ्दै गएको छ । करिब पाँच वर्षले फरक छ । सबैभन्दा बढी कर्णालीमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोसीमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेसमा ७१.८, गण्डकीमा ७२.१, वाग्मतीमा ७२.४ रहेको छ । 

कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औषत आयु सबैभन्दा बढी छ । जसमा ७५.५ रहेको छ । सबैभन्दा कम महिलाहरूको औषत आयु लुम्बिनीमा ७२.५ वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ । २०३८ सालमा भने पुरुषको औषत आयु नेपालमा बढी रहेको थियो ।

गण्डकी प्रदेशमा आन्तरिक बसाइँ सर्नेहरू सबैभन्दा बढी
गण्डकी प्रदेशमा प्रतिलाखमा चार हजार २७ जना बसाइँ सरेका छन् । यो पाँच वर्षको तथ्यांक हो । वाग्मती प्रदेशमा करिब एक लाखमा ५४ जना बसाइँ सरेको तथ्यांकले देखाएको छ । कर्णालीमा प्रतिलाख ३७ सय छन् भने तेस्रो स्थानमा कोसी प्रदेश छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement