साहित्य
काठमाडौं । नेपाल च्याप्टरको युट्युब ट्रेन्डिङमा चलचित्र र कमेडी शो अगाडि देखिएका छन् । युट्युब ट्रेन्डिङमा एक नम्बरमा चलचित्र मिस्टर झोलो छ ।
दयाहाङ राई र दिया पुन स्टारर चलचित्र ‘मिस्टर झोले’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
दुई नम्बरमा कमेडी शो ‘भद्रगोल’ रहेको छ ।
तीन नम्बरमा चलचित्र ‘लाल्टिन’ छ । दयाहाङ राई र प्रियंका कार्की मुख्य भूमिकामा रहेको चलचित्र ‘लाल्टिन’लाई देबकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।
चार नम्बरमा चलचित्र ‘वीर विक्रम–२’को गीत ‘पिरतीको मिठो तिर्सना...’ छ । यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०७५ १६:४६
प्रतिक्रिया दिनुहोस्