काठमाडौं । गायक धिरज राई, गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतले युरोपका विभिन्न देश पुगेर दृष्टिबिहीन र विपन्न विद्यार्थीका लागि सहयोग जुटाएका छन् ।
सिन्धुपाल्चोकमा दृष्टिबिहीन नागरिकका लागि सुनिता दुलालले निर्माण गर्न लागेको भवनका लागि आवश्यक रकम जुटाउने कार्य भएको गायक प्रकाश सपुतले बताए ।
“सुनिता दुलाल दिदीले दृष्टिबिहीनका लागि बनाउन थाल्नु भएको भवन निर्माण गर्नका लागि पनि कार्यक्रमबाट सहयोग जुटाउने कार्य भयो,” प्रकाशले भने, “केही कार्यक्रम विपन्न विद्यार्थीलाई सहयोग जुटाउने उदेश्यले पनि गरिएको थियो ।”
गायिका दुलालले दृष्टिबिहीनका लागि भवन निर्माण गर्न सहयोगका लागि कार्यक्रमहरु भइरहेको बताइन् । “दृष्टिबिहीनका लागि आवाससहितको भवन बनाउने मेरो योजना हो,” उनले भनिन् ।
गायक प्रकाशले युरोपियन देशमा हुने सांगीतिक कार्यक्रममा दर्शकको संख्या तुलनात्मक रुपमा कम भए पनि भावनात्मक हिसावले पनि बढी आत्मिय हुने गरेको आफूले अनुभूत गरेको बताए ।
दुलाल, राई र सपुत डेनमार्क, फिनल्यान्ड, जर्मनी, नर्वे, वेल्जियम र फ्रान्समा भएका ६ वटा कार्यक्रममा आआफ्नो प्रस्तुती दिएका थिए ।