site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मुम्बईमा डुंगा पल्टिँदा दुईको मृत्यु, ७७ को उद्धार
फाइल तस्बिर ।

मुम्बई । मुम्बईको तटमा बुधबार साँझ एउटा डुंगा पल्टिँदा दुईजनाको मृत्यु भएको छ । करिब ७७ जनालाई उद्धार गरिएको छ र बेपत्ता अन्य पाँचजनाको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार पाँच चालक दलका सदस्यसहित ८५ जना चढेको डुंगा एलिफेन्टा टापुतर्फ जाँदै गर्दा साँझ ६ः३० बजे कारन्जाको उराननजिकै दुर्घटना भएको हो ।

Dabur Nepal
NIC Asia

दुईजनाको शव फेला परेको छ भने खोजी कार्य भारतीय कोस्ट गार्ड (आईसीजी) जहाजले गरिरहेको छ । “मुम्बईको तटमा डुंगा दुर्घटनामा ७७ जनाको उद्धार गरिएको छ भने दुईजनाको शव निकालिएको छ,” कोस्ट गार्डले जानकारी दिएको छ । 

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसन (बीएमसी)का अनुसार जहाजमा चालक दलका सदस्यसहित कुल ८५ यात्रु थिए । “पाँचजना बेपत्ता छन् । उद्धार गरी अस्पतालमा भर्ना गरिएका पाँचजनाको अवस्था गम्भीर छ । बाँकीको अवस्था स्थिर छ,” बीएमसी अधिकारीहरूले बताए ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसले भने, “हामीले एलिफन्टातर्फ गइरहेको नीलकमल डुंगा दुर्घटना भएको खबर प्राप्त गरेका छौँ । नौसेना, तटरक्षक र प्रहरी टोलीबाट डुंगा तुरुन्तै सहायताको लागि पठाइएको छ । हामी जिल्ला प्रहरी प्रशासनसँग निरन्तर सम्पर्कमा छौँ । अधिकांश यात्रुको उद्धार गरिएको छ । यद्यपि उद्धार कार्य जारी छ । सञ्चालनका लागि आवश्यक सबै स्रोत परिचालन गर्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको छ ।”
 
यसैबीच, महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ सिन्देले अधिकारीहरूलाई भारतीय तटरक्षक र स्थानीय पुलिसद्वारा सुरु गरिएको उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro