site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पुस्पन किन कस्छन् शीरमा कफन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । 'अन्डर रेटेड' सिंगर पुस्पन प्रधान नेपाल आइडल सिजन–२ मा अमित बरालले उनको पंक्षी बोलको गीत गाए पछि संगीतप्रेमी माझ ‘नोटिस’ भए । सात जना प्रतिस्पर्धीका सात जना सेलिब्रिटी सिंगरका रुपमा पनि प्रतिस्पर्धी अमितले तिनै पुस्पनलाई रोजे । नेपाल आइडलको मञ्चमै आएर उनले ‘बाउको जुगो...’ गाए । 

त्यसपछि सारा संगीतप्रेमी नेपालीले उनलाई चिने । स्टेजमा पुस्पनले नेपाल आइडलको प्रतिस्पर्धी अमितलाई आफ्नो विधाता बनेर आएको भने पछि गायनको मात्रै चर्चा हुँदै आएकोमा त्यसपछि उनको विनम्रताको चौतर्फी प्रशंसा भयो । सञ्चार माध्यमले उनको खोजी गर्न थाले । सकेसम्म उनले समय दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

त्यसकै आसपासमा पुस्पन बाह्रखरी आइपुग्छन् । अन्तरङ्ग कुराकानी हुन्छ । उनले टाउकोमा गुथ्ने कफनको कुरा हुन्छ । 

पुस्पन किन कस्छन् कफन ?

Global Ime bank

पाँच वर्ष अगाडिको कुरा, –सिवाज लामिछानेको ‘कृपा’ अनप्लग्ड सो ले उनलाई गीत गाउनका लागि निमन्त्रणा दियो ।  । पुस्पन काठमाडौं आए । गीत गाउने दिन पनि आयो । तर ‘हु इज हु’ गायक गायिकाले मात्रै प्रस्तुती दिएको कार्यक्रममा उनले गाउँदै थिए । गाउने दिन जती नजिकिन्दै थियो त्यती नै उनको मनमा भय उत्तप्न भइरहेको थियो । उनका गुरुले पुस्पनको अनुहारमा डरका लाभाहरु प्रष्टै देखे । 

पुस्पनका गुरु, निर्मल जो सिक्कम बस्छन् । उनलाई पुस्पन आफ्नो सबैभन्दा ठूलो गुरु ठान्छन् । निर्मल गुरुका एक भक्त जो सिन्धुपाल्चोकमा छन् । सिन्धुपाल्चोकका ती भक्त काठमाडौंमा बस्छन् । निर्मल गुरु सधैँ एउटा सल बाँध्छन् । त्यसलाई पुस्पन ‘दिब्य सल’ भन्छन् । त्यस्तै एउटा सल निर्मल गुरुले सिन्ध्पाल्चोकका ती भक्तलाई दिएका थिए । तीनै भक्त जसले ‘कृपा’ अनप्लग्ड सोमा जानुभन्दा अगाडि पुस्पन डराइरहेको देखेका थिए । उनले भने, “भाई यो सल लिएर जाऊ तिमीलाई केही हुँदैन ।”

‘दिब्य सल’ पाउन त पाए तर त्यसलाई कहाँ लगाउनु ? गुरुको चिनो भनेको सल नै हो म शीरमा राख्छु भनेर टाउकोमा बाँधेर गीत गाए । अहिले बाँध्ने सल उनले सिक्कम पुगेर गुरुलाई छुवाएर ल्याएको सल हो । जुन सल उनी गीत गाउने बेलामा शीरमा लगाउँछन् । 

बाह्रखरीमा आउँदा सल उनको झोलामै थियो । संगीतका लागि खर्चिने शब्दमा राखिने तस्बिर खिच्ने बेलामा उनले झोलाबाट आफ्नो सल निकाले । ढोगे । र, तस्बिर खिचाए । फेरि उसैगरी गुरुको चिनो ‘दिब्य सल’ मायाले झोलामै राखे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०७५  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC