site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बालबालिकाकालाई कुनै पनि प्रकारका जोखिमपूर्ण काममा संलग्न गराउनु उनीहरूको शोषण गर्नुसरह दण्डनीय अपराध मानिन्छ । नेपालले अनुमोदन गरेको बाल अधिकारसम्बन्धी महासन्धि, त्यसका इच्छाधीन आलेखहरू र नेपालकै कानुनहरूले पनि बालबालिकाको शोषणलाई दण्डनीय अपराध मानेको छ । त्यसैले बालबालिकालाई धर्म प्रचारमा संलग्न गराउनु पनि बालअधिकारको हनन नै हो । पछिल्ला दिनमा चर्चका पदाधिकारीले धर्म प्रचारका लागि बालबालिकाको दुरुपयोग र शोषण गर्न थालेका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ८ स्थित बेतानी चर्चले क्रिस्चियन धर्मको प्रचारमा बालबालिकालाई प्रयोग गरेको घटना यस्तै बालअधिकारको हनन हो ।  बालबालिकाले क्रिस्चियन धर्मका पुस्तकहरूको प्रचार गरेको बेतानी चर्चका पास्टरले पनि स्वीकार गरेका छन् । तर, उनले बालबालिका स्वयंले त्यस्तो काम गरेको भनेर पन्छन खोजेका छन् । समाचार दिइएको विवरणअनुसार बालबालिकाले भने ‘‘चर्चका अंकलले पसल र बाटामा हिँड्ने मानिसलाई पुस्तक दिनु’’ भनेको बताएका थिए । पुस्तक बाँडेपछि चर्चका अंकलले चक्लेट दिनेसमेत क्रिस्चियन धर्म प्रचारमा लगाइएका बालबालिकाले बताएको समाचारमा उल्लेख छ । अर्थात्, धर्मान्तरणका लागि क्रिश्चियनहरूले नेपालमा प्रलोभन दिने गरेको आरोप बेतानी चर्चको घटनाबाट पनि पुष्टि हुन्छ ।

प्रधानमन्त्रीलगायत सिंगो राज्य संयन्त्र नै क्रिस्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा सहभागी र संलग्न भएका बेला चर्चका पादरी, पास्टरहरूले धर्म प्रचार र धर्मान्तरणका लागि  आक्रामक रणनीति एवं उपाय अपनाउने आँट आउनु अस्वाभाविक हैन । तर, यस्तो क्रियाकलापले धर्मनिरपेक्षताका कारण धर्मान्तरण बढेको भन्दै असन्तुष्टि प्रकट गर्दैआएको बहुसंख्यक सनातन धर्मावलम्बीमा आक्रोश उत्पन्न हुनसक्छ र हिन्दु राज्य कायम गर्न बढी दबाब पर्न सक्छ । सम्भवतः यही बुझेर सत्तारुढ नेकपा (नेकपा) कै नेताहरूले समेत विवादास्पद संस्थाले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री केपी ओलीको सहभागिताका विषयमा चर्को आलोचना गरेका हुनुपर्छ । विडम्बना, गल्ती स्वीकार गर्नुभन्दा प्रधानमन्त्री ओलीलगायतले ढाकछोप गर्ने र औचित्य सिद्ध गर्ने प्रयत्न गरे । विवादास्पद संस्थासँग नेपाल सरकारले गरेको सहकार्यको नेपाली समाजमा दीर्घकालीन नकारात्मक प्रभाव पर्नेछ । परन्तु, बेतानी चर्चलेजस्तो बालबालिकालाई धर्म प्रचारमा प्रयोग गर्ने गैरकानुनी कार्य भने सरकारले नरोके त्यसको दुष्परिणाम देखिन धेरै समय लाग्नेछैन । 

बेतानी चर्चले धर्म प्रचारमा बालबालिकालाई लगाउनु अपराध हो । बालबालिकालाई गैरकानुनी काममा राजीखुसीमै पनि लगाउनु अपराध हो भन्ने त चर्चका पास्टरलगायत सबैले थाहा पाउनुपर्ने हो । बालबालिकालाई कतिपय फौजदारी अपराधमा समेत उनीहरू अबोध हुन्छन् भन्ने मान्यताअनुसार कानुनले सजायबाट उन्मुक्ति दिएको हुन्छ । यसैले उनीहरूलाई गैरकानुनी काम लगाउने वा गर्न दिनेलाई सजाय दिने प्रावधान कानुनमा रहेको हुन्छ । त्यस्तो गैरकानुनी काम रोक्ने र हुन दिने जिम्मेवारी सरकारको हो । बालबालिकालाई धर्मका लागि प्रयोग गर्ने कार्य तत्काल बन्द गरेर सरकारले बाल अधिकारको संरक्षण गर्ने र समाजमा उत्तेजना फैलन नदिने कार्य गर्नुपर्छ । ‘होली वाइन’को प्रभावबाट मुक्त हुने सद्बुद्धि सरकारलाई प्राप्त होस् ! 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०७५  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC