काठमाडौं । नेपाल नम्बर एक खेलाडी रत्नजीत तामाङ र दीपेश धामीको जोडी योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८ मा पुरुष युगल तर्फ अन्तिम आठको यात्रा तय गर्न सफल भएका छन् । रत्नजीत र दीपेशको जोडीले बंगलादेशका पारश मोहम्मद आहसुन हबिब र गौरव सिंहको जोडीलाई २२-२०, २१-१८ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।
यस्तै आजै सम्पन्न खेलको मिश्रीत जोडी तर्फ दीपेश र अमिता गिरीको जोडी पनि अन्तिम आठमा स्थान बनाउन सफल भएको टोली ब्यवस्थापक सुभाष श्रेष्ठलाई उद्बंधृत गर्दै राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । दीपेश र अमिताको जोडीले बंगलादेशकै अल अमिन जुमार ब्रिष्टी खातुनको जोडीलाई २१-१४, २१-१८ को सोझो सेटमा निराश पारेका थिए ।
पुरुष एकलमा भने पहिलो चरणमा जित हासिल गर्दै अन्तिम ३२ को यात्रा तय गरेका रत्नजित दोश्रो चरणमा मलेसियाका जुल्हेल्मी जुल्किफ्ली सँग २१-१२, २१-१२ को नतिजामा पराजित भए । महिला जोडीमा पनि नङ्शल देवी तामाङ र अमिताको जोडी मोरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै क्वाटरफाईनल पुगेका छन् ।