site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेपाल आइडल’को फाइनल पुस ६ गते नेपालमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’को फाइनल नेपालमा हुने भएको छ । गत वर्षको ‘नेपाल आइडल’ सिजन वनको फाइनल कतारमा भएको थियो । पुस ६ गते फाइनल काठमाडौं अथवा पोखरा मध्ये एक ठाउँमा हुनेछ । 

अन्नपूर्ण मिडिया नेटवर्कका मेनेजिङ डाइरेक्टर लक्ष्मीप्रसाद पौडेलका अनुसार काठमाडौं र पोखरा मध्ये कुनै एक ठाउँमा फाइनल हुनेछ । अहिले उपयुक्त स्थान खोज्ने काम भइरहेको पौडेलले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल आइडलमा अहिलेसम्म पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड गरि चार जना प्रतिस्पर्धी बाँकी छन् । अब एक जना प्रतिस्पर्धाबाट बाहिरिए पछि तीन जनाले ग्राण्ड फिनालेका लागि प्रतिस्पर्धा गर्नेछन् । 

विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । गोल्डेन माइक पाउने पोखराकी निलिमा थापा मगर र चितवनका मीनराज पौडेल प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् । ‘नेपाल आइडल’को निर्णायकका रुपमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् । सिजन वनमा पनि उनीहरु नै निर्णायक थिए । होस्टमा गत शिजनमा सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा अहिले सुशीलको ठाउँका आशिफ शाह छन् । 

Global Ime bank

सिजन वनमा गाला राउण्डमा पुगिसकेपछि दर्शकको भोटका आधारमा प्रतिस्पर्धीको निर्णय गरिएको थियो । तर, यो सिजनमा भने परिमार्जन गरेर गाला राउण्डमा पनि निर्णायकमा ५० प्रतिशत अधिकार राखिएको छ ।  

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् । 

सिजन वनमा बुद्ध लामा नेपाल आइडल भएका थिए । लामा पहिलो नेपाल आइडल हुँदा फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास भएका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC