site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘अ थाउजन्ड गल्र्स लाइक मी’लाई किम्फको प्रथम पुरस्कार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोहौं संस्करणको काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को अन्तर्राष्ट्रिय प्रतिष्पर्धातर्फको प्रथम पुरस्कार साहरा मनिको ‘अ थाउजन्ड गल्र्स लाइक मी’ ले जितेको छ । फिल्मले अमेरिकी डलर १ हजार ५ सय हात पारेको छ । अरुण भट्टराई र डोरोत्यो जुर्बोको ‘द नेक्स्ट गार्डियन’ दोस्रो हुँदै १ हजार डलर पाएको छ । मिक्लास कल्सटोर्म र मार्टिनी कार्टिनेमको ‘इस्टर्न मेमोरिज’ ले तेस्रो हुँदै ५ सय डलर जितेको छ । 

नेपाल पानोरामा अन्तर्गत आख्यानमा अविनास विक्रम शाहको ‘तटिनी’ र गैरआख्यान विधामा विद्या चापागाई र कमल कुमारको ‘मरिसकेको मान्छे’ ले उत्कृष्ट हुदै क्रमशः एक लाख र ७५ हजार रूपैयाँको नगद पुरस्कार जितेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

किम्फमा प्रदर्शित यसवर्षको उत्कृष्ट पर्वतीय फिल्म मुनमुन धलेरियाको ‘एन अनसर्टेन विन्टर’ हुन सफल भएको छ । उत्कृष्ट फिल्मलाई इसिमोडबाट १ हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरेको छ । 

किम्फमा उत्कृष्ट साहसिक फिल्म प्रसुना डंगोलको ‘डोल्पा डायरी’ले  जितेको छ । जसलार्ई आपा शेर्पा फाउन्डेसनले १ हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरेको छ र सेना¨ ग्या¨जोको ‘सुपर मङ्क’ ले सबैभन्दा बढी दर्शकको रोजाइमा परि “अडियन्स अवार्ड” पुरस्कारबाट सम्मानित भएको छ । फिल्मले ५० हजार रुपैयाँको राशी जितेको छ जसको प्रायोजन अस्कर इन्टरन्यासनल कलेजले गरेको छ । 

Global Ime bank

अष्ट्रेलियाली डिरेक्टर जेनिफर पिडमको माउन्टेन फिल्मबाट सुरुवात भएको किम्फमा भएको थियो । यसपटक नेपाल लगायत ३१ वटा देशहरुका ७० भन्दा बढी फिल्महरु देखाइएको छ । । यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइएको छ । 

काठमाडौं महानगरपालिका सह आयोजक रहेको किम्फ २०१८ को ट्यागलाइन ‘वुमन मुभ माउन्टेन्स’ भन्ने रहेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  २०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC