site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फोरमको महाधिवेशन वैशाखमा, संविधान संशोधनमा भूमिका नखेलेको भन्दै सरकारको आलोचना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । संविधान संंशोधनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सत्तारूढ दल संघीय समाजवादी फोरम केन्द्रीय सदस्यले नेतृत्वको आलोचना गरेका छन् । काठमाडौंमा आइतबार सकिएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले संविधान संशोधन नभएको, मधेस मुद्दा ओझेलमा परेको भन्दै केन्द्रीय सदस्यले दुःख मनाउ गरेका थिए ।
“पार्टी सरकारमा छ, यतिबेला संविधान संशोधन गरेर मधेस मुद्दालाई संविधानको अङ्गग बनाउनु पर्ने हो,” एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, “तर पार्टी नेतृत्व सत्ताको सुविधा उपयोग गर्नेमात्रै भएको छ ।”
उनले बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले संविधान संशोधनमा पार्टी उदासीन देखिएको भन्दै आश्चर्य प्रकट गरेका थिए । उनीहरूले तत्काल संविधान संशोधन नहुने, मधेसी जनताको मागको सम्बोधन नहुने हो भने सरकारमा बसिरहनुको औचित्य पुष्टि नहुने तर्क गरेका थिए ।
पार्टी नेतृत्वले यस विषयलाई गम्भीरतापूर्वक लिए पनि सरकारबाट हटिहाल्ने मनशायमा फोरम नरहेको र सत्तामै बसेर सङ्घर्ष गर्ने र मधेस मुद्दा स्थापित गरिछाड्ने मनसायमा नेतृत्व रहेको केन्द्रीय उपमहासचिवल प्रकाश अधिकारीले बाह्रखरीलाई बताए ।
“सरकारको काम गराइप्रति जनता कोही पनि खुसी छैनन्, संविधान संशोधनको मुद्दा पनि ओझेल परेको छ । प्रधानमन्त्री लगायत सरकारको नेतृत्वको गरिरहेको दल उदासीन देखिएकै छ,” उनले भने, “तर पनि यस विषयमा केही निर्णय भएन ।”

महाधिवेशन वैशाखमा 
मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले वैशाख ७, ८ र ९ गते महाधिवेशनको तयारी गरिरहँदा फोरमले पनि महाधिवेशनको तिथि सारेको छ । फोरमले वैशाख २८, २९, ३० गते जनकपुरमा महाधिवेशन गर्ने तयारी गरेको हो ।
महाधिवेशन लक्षित गरि आगामी २५ गतेभित्र सदस्यता नवीकरण गर्न सम्बन्धित प्रदेश, जिल्ला तहका कमिटीहरूलाई निर्देशन दिइएको अधिकारीको भनाइ छ ।
त्यस्तै वडा, जिल्लातहमा तदर्थ कमिटी बनाउन बाँकी रहेका ठाउँमा पुस १५ भित्र कमिटी गठन गर्न र फागुन २५ भित्र वडा, गाउँपालिका, नगर, उपमहानगर र महानगरपालिकाको अधिवेशन गर्न पनि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
प्रदेश, प्रतिनिधि, जिल्ला समन्वय स्तरका समितिको अधिवेशन चैत ५ र ३० चैतभित्र प्रदेश अधिवेशन गर्ने निर्णय फोरमले गरेको छ ।
नवीकरण भएका केन्द्रीय सदस्यको विवरण पठाउने म्याद १० फागुन तोकिएको छ भने पुषको दोस्रो हप्तासम्ममा प्रदेश स्तरीय प्रशिक्षण भेलाको आयोजना गर्ने अधिकारीले बताए ।
अहिले सम्पूर्ण  शक्ति महाधिवेशनमा केन्द्रित भएकाले सरकारमा सहभागी मन्त्रीहरूको समीक्षा गर्न नपाएको उनको भनाइ थियो ।
फोरमका तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादव उप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । मोहम्मद इस्तियाक राई सहरी विकास र सुरेन्द्रकुमार यादव स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC