site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्मलाको \'हत्यारा\'सम्म पुग्ने \'क्लु\' बन्यो कुकुर, १० साउनमै समातिएका थिए प्रदीप र विशाल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर–२ महुलियाकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका दुई जनामाथि अनुसन्धान जारी छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले काठमाडौंमै राखेर भीमदत्तनगर–१८ का प्रदीप रावल र विशाल चौधरीमाथि अनुसन्धान जारी राखेको हो । हत्या भएको भण्डै ४ महिनापछि प्रहरीले दोस्रोपटक निर्मलाको हत्याराको नजिक पुगेको बताइरहेको छ । यद्यपि अनुसन्धान पूर्ण नहुँदै अहिल्यै केही भनिहाल्ने अवस्था भने छैन ।

तर, प्रहरीले हत्याराको नजिक पुगेको बताइरहेको छ । प्रहरीले आन्तरिक रुपमा निर्मला हत्यामा प्रदीप र विशालकै संलग्नता रहेको निकष्र्ष निकालिसकेको बताइन्छ । प्रहरी स्रोतले भन्यो, ‘‘निर्मलाको हत्यामा प्रदीप र विशालकै संलग्नता पुष्टि गर्ने आधारहरु छन् । अहिले नै सबै कुरा खोल्न मिल्दैन ।’’ प्रदीप र विशाल साथी हुन् । उनीहरु दुवैले लागुपदार्थ सेवन गर्ने गरेको स्थानीय पनि बताउँछन् । तर स्थानीयले निर्मला हत्यामा दीलिपजस्तै नक्कली अभियुक्त बनाइएको त होइन भन्ने आशंका समेत गर्दै आएका छन् । स्थानीयले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेका छन् । विशाल र प्रदीपको डिएनए परीक्षण रिपोर्ट भने आउन बाँकी छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विशालले मुख थुने, प्रदीपले बलात्कार गरे
प्रहरी स्रोतको दाबीलाई आधार मान्ने हो भने प्रदीप र निर्मलाको चिनजान भने पहिले पनि थियो । साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला दिउँसो २ बजेतिर बाहिरिएपछि बाटोमा प्रदीपको निर्मलासँग भेट हुन्छ । निर्मलाको साइकलको चेन बिग्रीएपछि उनीहरु हिँड्दै उखुबारी भएको स्थानसम्म आइपुग्छन् । त्यो बीच भागमा साइकल मर्मत गर्ने पसल भने छैन । प्रहरी स्रोतका अनुसार प्रदीपसँग विशाल पनि थिए । दुवैको बयानलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘‘कुराकानी गर्दागर्दै हामी उखुबारीसम्म आइपुग्यौं । त्यहाँसम्म पुगेपछि हामीले एकछिन पारी बसौं न भन्यौ र पुल तर्यौं । पुलपारी गएपछि हामी उत्तेजित भयौं र निर्मलाको मुख थुनेर उखुबारीमा लग्यौं ।’’

प्रहरीसँगको बयानका क्रममा विशालले दिएको बयान उद्धत गर्दै स्रोतले भन्यो, ‘‘उखुबारीमा निर्मलालाई लैजाँदा मैले उसको पिठ्युँमा कुहिनाले ४–५ पटक हिर्काएँ । त्यसपछि प्रदीपले बलात्कार गर्दा मैले निर्मलाको मुख च्यापे । त्यतिबेला निर्मलाको शरीर शिथिल भइसकेको थियो । त्यसपछि मैले पनि यौन क्रियाकलाप गरे । निर्मलाको योनीबाट रगत देख्दा हामीलाई डर लाग्यो र हामीले घाँटी थिचेर मारेका हौं ।’’ त्यसपछि विशाल र प्रदीप छुट्टिएका थिए । प्रहरीसँगको बयानका क्रममा उनीहरुले आफूहरुले बलात्कार गरेको समयमा कुकुर भुकेको बताएको स्रोतले बतायो ।

Royal Enfield Island Ad

यसअघि अनुसन्धानका क्रममा पक्राउ परेका उखुबारी नजिकै घर भएका चक्र बडु र उनको परिवारका सदस्यले भने दिउँसो एक्कासि कुकुर भुकेको बताएका थिए । प्रहरीले कुकुरको भुकाईबाटै अनुसन्धान सुरु गरेको थियो । निर्मला हत्याकाण्डमा गत भदौ ४ गते प्रहरीले भीमदत्तनगर–१९ बागफाँटाका ४१ वर्षीय दिलिपसिहं विष्टलाई पक्राउ गरेको थियो । तर निर्मलाको शरीरबाट निकालिएको ‘स्वाब’सँग डिएनए नमिलेपछि उनी छाडिएका थिए । दिलिपलाई प्रहरीले नक्कली अभियुक्त बनाएको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा स्थानीय शनि खुनाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । 

साउन १० गते पक्राउ परेका थिए, विशाल र प्रदीप तर.......
साउन ९ गते राति कञ्चनपुरको भीमदत्तनगर–१८ भगतपुरमा पाले चौधरीले सञ्चालन गरेको मासु पसलबाट कुखुरा चोरी हुन्छ । पाले चौधरी बिहानै अस्थायी प्रहरी चौकी सालघारीमा उजुरी लिएर पुग्छन् । पालेकै शंकाको आधारमा प्रहरीले स्थानीय प्रदीप रावललाई साढे १० बजेको समयमा पक्राउ गर्छ । प्रदीपले आफूले कुखुरा नचोरेको र विशालले चोरेको हुनसक्ने बताएपछि प्रहरीले प्रदीपलाई साढे १० बजेदेखि ११ बजेको समयमा छाडिदिन्छ । १० गते साँझ ६ बजे आसपासको समयमा कुखुरा चोरेको आरोपमा स्थानीय विशाल चौधरी पक्राउ पर्छन् ।

साँझ पक्राउ परेका विशाललाई वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । साउन ११ गते बिहान ११ बजेसम्म पनि पाले चौधरीले प्रहरीमा सम्पर्क नगरेपछि विशाललाई प्रहरीले छाडेको थियो । साउन १० गते प्रदीप र विशाललाई प्रहरीले पक्राउ गरेको थियो । तर बिहान ११ बजेअघि नै साउन १० गते प्रदीप छाडिएका थिए भने साँझ ६ बजे पक्राउ परेका विशाल ११ गते बिहान छुटेका थिए । अनुसन्धानका क्रममा निर्मला पन्तको हत्या साउन १० गते दिउँसो २ देखि ३ बजेको समयमा भएको हुनसक्ने खुलेको छ । (उल्लेखित विषयको पुष्टि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेरसिहं कडायतबाट गरिएको हो । )

१८ वर्षीय रावल लागु औषध दुव्र्यसनी हुन् । प्रदीपका आमाबुबा दुवै भारतको बैंङलोरमा रोजगारी गर्दै आएका छन् । स्रोतका अनुसार साउन १० गतेसम्म महेन्द्रनगरमै रहेका प्रदीप साउन ११ गते गड्डाचौकी नाका हुँदै भारतको खटीमा गएका थिए । खटीमामा प्रदीपको मामाघर भएको बताइएको छ । ‘‘झण्डै १० दिन भारतमा बसेपछि प्रदीप फेरि महेन्द्रनगर आएपछि हामीले समातेका थियौं, साउन २० गते । पछि उनलाई तारेखमा छाडिएको हो । त्यसपछि उनी फेरि हराए,’’ स्रोतले भन्यो । साउन १० गते प्रदीपले साथीहरुसँगै लागुऔषध सेवन गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro