site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चौधौं ढोरपाटन महिला भलिबल माघ पहिलो सातादेखि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चौधौं ढोरपाटन महिला भलिबल क्लब लिग च्याम्पीयसिपप माघ पहिलो सातादेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको स्वीकृति र ढोरपाटन क्लबको आयोजनामा माघ पाँचदेखि महिला भलिबल क्लब लिग च्याम्पीयनसिप सुरु हुन लागेको हो । 
आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनबिर छन्त्यालले महिला भलिबल खेलाडीको विकासका लागि सुरु भएको प्रतियोगिता यो वर्ष नयाँ योजनाका साथ आयोजना गर्न लागेको बताए । “महिला क्लब नहुँदै सुरु गरेको प्रतियोगिताले १४ औं संस्करण आयोजना गर्दैछ,” अध्यक्ष छन्त्यालले भने, “यही प्रतियोगिताबाट धेरै क्षमतावान खेलाडीको उदय भएको छ । आगामी दिनमा भलिबलको विकासका लागि यो प्रतियोगिता महत्वपूर्ण रहने छ ।” उनका अनुसार यो पटकको च्याम्पीयनसिपलाई महाकुम्भ मेलाको रुपमा लिइँदैछ । 
नयाँबसपार्कस्थित ढोरपाटन प्रशिक्षण केन्द्रमा माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा ३ विभागिय क्लब नेपाल पुलिस, नेपाल आर्मी र एपिएफसँगै न्यु डायमण्ड एकेडेमी, टप्स उच्च मावि पोखरा, श्री गाउँ खेलकुद विकास समिति दाङ, चितवन टाइगर्स, थ्रिस्टार एकेडेमी, पारामाउन्ट बोर्डिङ स्कुल कालिमाटी, सेब स्कुल सामाखुसी र मकवापुरको थाहा नगरपालिका सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । ११ टोली सहभागी हुने प्रतियोगिताको विजेताले ३ लाख ५० हजार, दोस्रो हुने टोलीले २ लाख, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी र मेडल पाउने छन् । चौथो हुने टोलीले ६० हजार, पाँचौं हुने टोलीले ४० हजार, छैटौं हुने टोलीले ३० हजार र सातौं स्थानमा ओगट्ने टोलीले २० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रशिक्षक, स्पाइकर, डिफेन्स, ब्लकर, सर्भर र सेटरले जनही ६ हजार रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र भाग्यमानी १ दर्शकले सुजकी स्कुटी उपहार पाउने आयोजक ढोरपाटन क्लबले जनाएको छ । 
कार्यक्रममा ढोरपाटन क्लब र सुजुकी स्कुटीबीच प्रायोजन सम्झौता पनि भएको थियो । आगामी ३ वर्षका लागि भएको सम्झौतामा सुजुकी स्कुटीका मार्केटिङ म्यानेजर नवराज कोइराला र क्लबका अध्यक्ष मनबिर छन्त्यालले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार सुजुकीले ढोरपाटनलाई ५० प्रतिशत छुटमा पाँच स्कुटी उपलब्ध गराउनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC