site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सडक र पानी माग्दै मतदान बहिस्कार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

राजस्थान । भारतको राजस्थान राज्यमा शुक्रबार भइरहेको विधानसभा निर्वाचनमा आफ्नो क्षेत्रमा सरकारले सडक नबनाइदिएको भनेर बसेडी क्षेत्रका जनताले निर्वाचन नै बहिस्कार गरेका छन् । मतदान कार्य आज बिहान ८ बजेदेखि बेलुका ५ बजे सम्म जारी रहने छ । यद्यपि स्थानीय बासिन्दाले दिउँसोसम्म मतदानमा भाग नलिने भनिरहेका थिए । उनीहरुलाई स्थानीय प्रशासनले फकाएर मतदानमा गइदिन आग्रह गरेको छ । 
बसेडी विधानसभा क्षेत्रको बुथ नम्बर १९ र २०मा मतदानका लागि दिउँसो सम्म १ जना पनि गएका थिएनन् । सर्वसाधारणले आफूहरुलाई लिखित रुपमा सडक बनाउने आश्वासन नदिएसम्म मतदानमा भाग नलिने जनाएका छन् । उनीहरुले स्थानीय एकटा गाउँबाट जगनेर भन्ने अर्को गाउँसम्म सडक बनाइदिनुपर्ने माग गरेका छन् । यसैगरी झोटोली गाउँमा पनि एक जना बाहेक सबैले मतदान बहिस्कार गरेका छन् । त्यहाँका स्थानीय बासिन्दाले भने यथेष्ट पानी आपूर्तिको माग गर्दै मतदानमा भाग नलिएको बताइएको छ । सो क्षेत्रमा जल उपभोक्ता संगम समितिका अध्यक्ष घासीलाल १ जनाले मात्रै मतदान गरेका थिए ।
(एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC