site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भुटानको नयाँ सरकार पनि भारतलाई नचिढ्याउने पक्षमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भुटानको नयाँ सरकारले पनि छिमेकी भारतलाई नचिढ्याउने रणनीति बनाएको पाइएको छ । चुनावको बेलामा भारतको इच्छा विपरीत चीनसँग कूटनीतिक सम्बन्ध स्थापनाको चर्चा भए पनि भुटानका विदेशमन्त्री टेण्डी दोर्जीले अहिलेलाई नयाँ कूटनीतिक सम्बन्ध स्थापनाको सम्भावना नरहेको जनाएका छन् । उनले भारतीय पत्रिका द हिन्दूलाई दिएको अन्तर्वार्तामा सो कुरा बताएका हुन् । 
हालैको निर्वाचनमा नयाँ दलका ड्रुक न्यामरुप सोग्पाले विजय हासिल गरेपछि सो पार्टीका नेता डा लोटे छिरिङ भुटानको प्रधानमन्त्री भएका छन् । उनले यही डिसेम्बर महिनाको अन्तिममा आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्ने भएका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भुटान भ्रमणको निम्तो दिने जनाइएको छ ।
भुटानका विदेशमन्त्री दोर्जीले आफ्नो देशको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुसँग कूटनीतिक सम्बन्ध स्थापना नगर्ने पहिलाको नीति कायम रहेको जनाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC