site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
फाइभ–जी नेटवर्क निर्माणमा हुवावेको सेवा न्युजिल्यान्डले पनि गरायो रद्द
Sarbottam CementSarbottam Cement

एजेन्सी । अष्ट्रेलिया र अमेरिकापछि न्युजिल्यान्डले पनि आफ्ना ठूला टेलिकम उद्योगहरुलाई फाइभ–जी माबाइल नेटवर्कका लागि चिनियाँ कम्पनी हुवावेका उपकरण प्रयोग नगर्न निर्देशन दिएको छ । आगामी पिँढीको वायरलेस टेक्नोलोजी फाइभ–जी निर्माणमा हुवावे विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार भइरहेपनि राष्ट्रिय सुरक्षाको विषय उठाउँदै विभिन्न देशले यसको प्रस्ताव रद्द गराइरहेका छन् । 

यसरी न्युजिल्यान्डमा पनि खुफिया एजेन्सीका निर्देशक एन्ड्रयु हम्पसले देशका सबै ठूला संचार कम्पनीलाई हुवावेको फाइभजी उपकरण जडान नगर्न भनेको संचार माध्यम सिएनएनले जनाएको छ । हुवावे चीनको सबैभन्दा ठूलो संचार तथा स्मार्टफोन कम्पनी भएको हुँदा फइभ–जी प्रविधिकै लागि यसले भारी लगानी गरिरहेको छ । यस्तोमा सबैभन्दा पहिले फाइभजी निर्माण गर्ने प्रतिस्पर्धामा हुवावे स्वीडेनको एरिक, फिन्ल्यान्डको नोकिया लगायतका कम्पनीहहरु विरुद्ध अगाडि बढिरहेको छ । अहिले भने हुवावेले न्युजिल्यान्डसँगको यो अवस्था निरीक्षण गरिरहेको बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो भन्दा अगाडि अष्ट्रेलिया र अमेरिकले पनि हुवावेलाई आफ्नो देशमा फाइभजी प्रविधि प्रदान गर्नमा रोक लगाएका थिए भने बेलयतले पनि सो कम्पनी राष्ट्रिय सुरक्षाका हिसबाले संभावित खतरा हुन सक्ने चेतावनी दिँदै आएको छ । अमेरिकाले त हुवावेका उत्पादनमा सन् २०१२ देखि नै प्रतिबन्ध लगाएको हो । यस्तोमा अमेरिकी कानुन निर्माणकर्ताहरुले क्यानडा र जर्मनीलाई पनि हुवावेको प्रस्ताव रद्द गर्न दबाब दिइरहेका छन् । 

तर कतिपय देशहरुमा भने हुवावेले फाइभजी उपकरण तैनाथ गराइसकेको बताएको छ । यसै प्रविधिका निम्ति अहिलेसम्म २० भन्दा बढी व्यवसायिक सम्झौता भइसकेको तर यसमा संलग्न कम्पनी र देशको नाम भने सार्वजानिक नगर्ने बताइएको हो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC