site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्ड : सुरक्षा ‘थ्रेट’मा कञ्चनपुर, प्रहरी नै अघोषित नजरबन्दमा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर कञ्चनपुरमा फेरि आन्दोलन चर्किने संकेत देखिएको छ । आन्दोलनसँगै जिल्लामा सुरक्षा ‘थ्रेट’ पनि बढेको प्रहरीले आकलन गरेको छ । 

बाह्रखरीलाई उच्च स्रोतले बताएअनुसार कञ्चनपुरमा आन्दोलनलाई अराजक र हिंसात्मक बनाउन केही समूह सक्रिय भएका छन् । ‘‘यी समूह अप्रत्यक्ष रुपमा आन्दोलनमा घूसपैठ गरेर आन्दालनलाई अराजक बनाउने, प्रहरीसँग मुठभेड गर्ने मनसायका छन् । यसका पछाडि राजनीतिक स्वार्थभन्दा पनि रणनीतिक स्वार्थ देखिन्छ,’’ स्रोतले भन्यो । 

निर्मलाको न्यायका लागि भन्दै शान्तिपूर्ण आन्दोलनको तयारी हुँदै गर्दा केही तत्व सक्रिय हुन थालेका हुन् । ‘‘उनीहरुको स्वार्थ भनेको घूसपैठ गरेर आन्दोलनलाई हिंसान्मुख गराएर मानवीय क्षति गराउने हो । यसमा केही विदेशी तत्व पनि सक्रिय भएका छन्,’’ स्रोतले भन्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

नागरिक समाज कञ्चनपुरका पूर्वअध्यक्ष नरवबहादुर साउद आफूहरु आन्दोलनलाई अराजकतातर्फ लैजान खोज्ने तत्वहरुबाट सचेत रहेको बताउँछन् । ‘‘आन्दोलन पूर्णरुपमा शान्तिपूर्ण हुन्छ । हिंसा भड्काउन खोज्ने तत्वबाट हामी सचेत छौं । कुनै प्रकारको घूसपैठ हुन दिँदैनौं,’’ साउदले भने । 

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी घूसपैठ गर्ने र अनुसन्धानलाई प्रभावित पार्न खोज्ने तत्वबाट सतर्क रहेको बताउँछन् । ‘‘विभिन्न कोणबाट घटनाको अनुसन्धान जारी छ । नेपाल प्रहरी संवदेनशिल छ । अनुसन्धानमा सबैको सहयोग आवश्यक छ,’’ प्रवक्ता सुवेदीले भने । आन्तरिक अनुसन्धानदेखि बाह्य अनुसन्धान गर्न प्रहरी सक्रिय भएको उनले बताए । ‘‘जुनसुकै हालतमा पनि हत्यारा पत्ता लगाएर छाड्छौं । परिणाममा ढिलाइ भएको हो तर हत्याराको खोजी गर्न प्रहरी कसैको दबाब र प्रभावबिना सुक्ष्म रुपमा लागिरहेको छ,’’ सुवेदीले भने । 

Global Ime bank

गत साउन १० गते साथीको घर जान हिँडेकी कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया निर्मला पन्त साउन ११ गते घरनजिकै रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि प्रहरीले बलात्कारी र हत्यारालाई सार्वजनिक नगरेको भन्दै फेरि चार दिने आन्दोलनको घोषणा भएको छ । 

शनिबार नागरिक संघर्ष समितिको कञ्चनपुरमा बसेको बैठकले संघर्षको नयाँ कार्यक्रम अघि सारेको हो । त्यसो त निर्मलाको न्यायका लागि भएको आन्दोलनको नेतृत्व कुनै पनि दलले गरेका छैनन् । राजनीतिक दलको पनि आन्दोलनबारे आ–आफ्नै तर्क र स्वार्थ देखिन्छन् । नेपाली कांग्रेस आन्दोलनबारे अलि कडा रुपमा प्रस्तुत भएको देखिन्छ भने सत्तारुढ दलहरु अली नरम देखिन्छन् । 

सामाजिक सञ्जालमा पनि यसबारे सत्तारुढ दल र प्रतिप्रक्षी नेताहरु कडा र नरम रुपमा प्रस्तुत भएका देखिन्छन् । नयाँ संघर्षका कार्यक्रममा भोलि (सोमबार) १७ गतेदेखि २० मंसिरसम्म आन्दोलनका कार्यक्रम तय भएका छन् । नयाँ कार्यक्रमअनुसार सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला प्रशासन कार्यालय मूलगेटमा कालोपट्टी बाँधेर धर्ना दिने, बुधबार न्यायका लागि दिउँसै टर्च बालेर प्रदर्शन गर्ने र बिहीबार मानवसाङ्लो बनाउने तयारी छ । 

निर्मला पन्तको न्यायका लागि कञ्चनपुर फेरि आन्दोलित

कञ्चनपुरमा धर्ना जारी 
निर्मलाका हत्यारा सार्वजनिक गर्न माग राख्दै गत २५ कात्तिकदेखि निर्मलाका बाबु यज्ञराजले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा २४ घण्टे धर्ना सुरु गरेका थिए । यज्ञराजको मानसिक अवस्था बिग्रँदै गएपछि उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चिकित्सकहरुले उनको अवस्था समान्य रहेको बताएका छन् । 
यज्ञराजको काठमाडौंमा उपचार जारी रहँदा यज्ञराजकी कान्छी श्रीमती लक्ष्मी पन्त धर्नामा छिन् । यसअघि कञ्चनपुरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मलाको पोस्टर टाँसिएको थियो । पछिल्लो समय ‘सरकार भेटियो, न्याय भेटिएन’ नामक पोष्टर काठमाडौंमा पनि चर्चामा छ । 

निर्मला पन्तको तस्बिर प्रहरीले हटाइदियो, टाँस्न खोज्ने १२ जना पक्राउ 

थप केहीको डिएन परीक्षणको तयारी
प्रहरीले भने शंकास्पद केहीको डिएनए परीक्षणको तयारी सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार मंगलबार वा बुुधबारसम्ममा केहीको रगत संकलन गरेर परीक्षणका लागि विधिविज्ञान प्रयोशालामा पठाउने तयारी छ । 

निर्मला हत्याकाण्डमा यसअघि नै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्टसहित ८ जनाको डिएनए परीक्षण भइसकेको भए पनि निर्मलाको शरीरमा भेटिएको ‘स्वाब’सँग मेल खाएको थिएन । पछिल्लो समय प्रहरीले डिएनए परीक्षण गर्ने, कल डिटेल हर्ने लगायतका कार्य गर्दै आएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोली कञ्चनपुरमै छ । टोलीबाहेक एसपी दुर्गा सिंह पनि कञ्चनपुरमै छिन् । टोलीले शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गर्ने काम गरिरहेको छ । 

अघोषित नजरबन्दमा प्रहरी
प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धानमा संलग्न प्रहरीमाथि पनि आन्तरिक अनुसन्धान जारी राखेको छ । उनीहरुको भूमिकाबारे अनुसन्धान प्रतिवेदन तयार भने भएको छैन । प्रहरीमाथि अनुसन्धान गर्ने जिम्मेवारी एआइजी धिरु बस्न्यातलाई दिइएको छ । २४ जना प्रहरीमाथि आन्तरिक अनुसन्धान जारी छ । ‘‘बर्खासीमा परेका र निलम्बनमा रहेका प्रहरीलाई छाडिएको छ भने अन्य प्रहरीलाई काठमाडौंमै प्रहरी गणमा राखिएको छ । उनीहरुलाई अनुमति बिना बाहिर निस्किन दिइएको छैन ।

उनीहरुलाई दसैं तिहारमा समेत घर जान दिइएको थिएन । “प्रहरीको भाषामा यसलाई अघोषित नजरबन्द भनिन्छ,’’ एक प्रहरी अधिकारीले भने । काठमाडौं झिकाइएका प्रहरीलाई धिरु बस्न्यात कार्यरत रहेको प्रहरी प्रतिष्ठानमा बोलाउने, बेलाबेला बयान लिने, विभिन्न प्रश्न गर्ने काम हुँदै आएको छ । तर उनीहरुबारे केही निर्णय भने लिइएको छैन । स्रोतका अनुसार थप केहीमाथि निलम्बन र केहीलाई बर्खासी गर्ने सम्भावना छ । प्रहरी नियमावलीले प्रहरी निरीक्षक मुनीका प्रहरीलाई बर्खासी र निलम्बन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई प्रदान गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC