site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा घोषणा गरेका छन् । आफू नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव परेपछि उनले आइतबार व्यवस्थापिका संसद्मा सांसद्हरुले उठाएका जिज्ञासाको जवाफ दिदै संबोधनको अन्त्यमा राजीनामाको घोषणा गरेका हुन् । 
 
उनले संसद्लाई संबोधन गर्नु अघि नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएको उनले बताए ।  
 
अघिल्लो हप्ता प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 
 
माओवादी केन्द्रसँगै राप्रपा र मधेसी जनअधिकार फोरमले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव संसद्मा पेश गरेपछि ओलीले राजीनामा दिएका हुन् । 
एमाले अध्यक्ष ओली गत असोज २४ गते प्रधानमन्त्रीको निर्वाचनमा ३ सय ३८ मत ल्याइ मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
 
प्रधानमन्त्रीले राजीनामा दिएपछि कांग्रेस, नेकपा माओवादी केन्द्र अन्य साना दल मिलेर नयाँ सरकार गठन हुनेछ । अहिलेसम्म भएको सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको उमेद्वारको रुपमा कांगे्रसले अगाडि सार्ने बताइएको छ । 
 
नयाँ सरकार गठन नभएसम्म ओली सरकार नै कामचलाउ सरकारको रुपमा रहनेछ । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC