राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्धको प्रस्ताव फल्न लागेको धान माडेर कुन्यु ठड्याइन खोजेको जस्तै भएको थियो । व्यवस्थापिका संसद्मा आफ्नो नेतृत्वको सरकारका सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिँदै भर्खर काम गर्न लागेको सरकारलाई ढाल्नु अशोभनीय भएको टिप्पणी गरे ।
उनले राष्ट्रिय सहमतिको लागि भनेर सरकारविरुद्ध अविस्वासको प्रस्ताव ल्याइएको भन्दै यसले राष्ट्रिय एकता र सहमति नबनाउने जिकिर गरे । “चिचिला नासेर फल तयार हुँदैन, यस्तो जगबाट विश्वासको वातावरण तयार हुँदैन,” उनको भनाइ थियो । सरकारविरुद्ध मत हाल्न आएर मधेसका मागको सम्बोधन नहुने उनको भनाइ थियो ।
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३ १८:२६
प्रतिक्रिया दिनुहोस्