site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन बैंकको मोबाइल बैंकिङ एप सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन बैंकले आफ्नो मोबाइल बैंकिङ एप (हाई—एमबी) सुरु गरेको छ । बैंकले आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले उक्त मोबाईल एप शुभारम्भ भएको घोषण गरेका हुन् ।

‘हियर इज योर न्यु बैंक’ तथा ‘बिग बैंक इन स्मल साइज’ स्लोगनका साथ शुभारम्भ गरिएको यो मोबाईल एपको प्रयोगबाट ग्राहकले आफ्नो खाताबारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिने, हाल हिमालयन बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न बिलको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगाएतका अन्य थुप्रै सेवा सुविधा प्राप्त गर्न सक्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मोबाईल एप शुभारम्भ समाहरोहमा बोल्दै बैंकका उप–महाप्रबन्धक उज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पुर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा आफ्ना ग्राहकका लागी थप नविनतम प्रविधि उपलब्ध गराउदै जाने बताए । उनले बैंकको सुचना प्रविधि सुरक्षा व्यवस्थालाई अझ सुदृढ गर्दै बैंकलाई नेपालकै नम्बर १ आधुनिक सुचना प्रविधियुक्त बैंक बनाउँदै लगिने उल्लेख गरे ।

हिमालयन बैंकले देशभरि भएका आफ्ना ५६ बटा शाखा तथा १०८ वटा एटीएम मार्फत ग्राहकहरुका लागी सम्पूर्ण सेवा प्रदान गरिरहेको छ । बैंकले चालु वर्षमा थप ६ वटा शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराएको छ ।
बैंकले असोज मसान्तसम्म १ खर्ब   २ अर्ब ४५ करोड रुपैयाँ बराबरको   निक्षेप संकलन गरी ९४ अर्ब २४ करोड बराबरको कर्जा प्रवाह गरेको छ । बैंकले चालु आवको उक्त अवधिसम्ममा ६४ करोड ९६ लाख रुपैयाँ बराबरको खुद मुनाफा आर्जन गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC