site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कास्की । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले प्रत्येक सहकारी संस्थाले एउटा÷एउटा नमूना कृषि उत्पादन गर्नुपर्ने नीति सरकारले ल्याउन लागेको बताएका छन् ।  

प्रदेशसभामा पेश भएको प्रादेशिक सहकारी विधेयकमा प्रत्येक सहकारी संस्थाले एक नमूना कृषि उत्पादन गर्नुपर्ने प्रावधान रहेको जानकारी गराउँदै उनले सहकारीलाई उत्पादनमा केन्द्रित गर्ने सरकारको योजना रहेको सुनाए ।  

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभामा मन्त्री थापामगरले भने, “सहकारी बचत र ऋण कारोबारमा मात्र केन्द्रित नभई उत्पादनमा जोडिनु आवश्यक छ । प्रदेशका तीन हजार ५०० सय सहकारी संस्था प्रत्येकले एउटा÷एउटा उत्पादन गर्दा पनि तीन हजार ५०० सय नमूना उत्पादन हुन्छ । सरकारले उत्पादनमा जोड दिने नीति बनाउँदैछ ।”

प्रदेशका सहकारी संस्थामा अहिले रु ६५ अर्बको हाराहारीमा पूँजी रहेको र प्रत्येक सहकारीले आफ्नो कूल पूँजीको ३० प्रतिशत कृषिमा लगानी गर्नुपर्नेमा उनले सुझाव दिए ।  रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement