site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीवाईडीको एसिया प्यासिफिकका महाप्रबन्धक लिउ जुलियाङले गरे नेपाल भ्रमण

काठमाडौं । विद्युतीय सवारी निर्माता बीवाईडीको एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाङले नेपाल भ्रमण गरेका छन् । मे ४ देखि मे ६ सम्म नेपालको भ्रमण गरेका जुलियाङले बीवाईडीको प्रविद्धतालाई थप विश्वस्त पारेको कम्पनीले बताएको छ ।

उनीसँगै गिलियन ली, यात्रुवाहक सवारी कार्यालयका निर्देशक ज्याभी वांग, उत्पादन प्रबन्धक कैसी के, कानुनी प्रबन्धक र डेपुटी महाप्रबन्धक केत्सु झाङ पनि भ्रमण प्रतिनिधिमण्डलमा थिए । लिउ जुलियाङसहितको बीवाईडी टोलीले नक्साल र पुल्चोकमा रहेको सोरुमबाट भ्रमण सुरु गरेको थियो ।

लिउले यी ठाउँमा व्यक्तिगत रूपमा १४ सवारीसाधन पठाएका थिए । त्यसपछि प्रतिनिधिमण्डलले काठमाडौंको गुह्येश्वरीमा रहेको बीवाईडी सर्भिस सेन्टरको भ्रमण गरेको थियो ।

बीवाईडीको नेपालका लागि आधिकारीक वितरक साइमेक्स इंकले आयोजना गरेको बीवाईडी एसिया–प्यासिफिक नेपाल रणनीतिक सम्मेलन एक्सिलिरेटिङ ग्रोथ टुगेदरमा सहभागी हुन टोली नेपाल आएको थियो । मे ५ मा काठमाडौंमा यो सम्मेलनको आयोजना भएको थियो । सम्मेलनमा लिउले बीवाईडीको विस्तारमा नेपालको योगदानको प्रशंसा गरेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिउ र साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ लगायतले भेट र छलफल पनि गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro