site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यी हुन् समस्याग्रस्त फाइनान्स कम्पनी र तिनका वित्तीय विवरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकको केन्द्रीय बैंकले समस्याग्रस्त पाँच फाइनान्स कम्पनीको वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार आफ्नो वेबसाइटमा ती संस्थाको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको विवरण सार्वजनिक गरे पनि निमेषभरमै हटाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार हाल समस्याग्रस्तबाट मुक्त घोषणा हुन बाँकी रहेका पाँचमध्ये नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स सबैभन्दा पहिले समस्याग्रस्त भएको फाइनान्स हो भने नाजुक वित्तीय विरणपछि क्रिस्टल फाइनान्स खारेजीको प्रक्रियामा अघि बढिसकेको छ ।

क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स

समस्याग्रस्त फाइनान्स कम्पनीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको छ । यसको चुक्ता पुँजी ९३ करोड ५० लाख ७० हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिको दाँजोमा यो १ हजार रुपैयाँले मात्र बढी हो ।

Prabhu Bank
Agni Group
NIC Asia

२०६९ माघ ९ मा समस्याग्रस्त घोषणा हुनअघि कम्पनीले २ अर्ब ८० करोड निक्षेप संकलन गरी ३ अर्ब ६८ करोड कर्जा प्रवाह गरेको थियो । राष्ट्र बैंकका अनुसार हाल निक्षेप घटेर ८० करोडमा सीमित भएको छ भने १ अर्ब ७० करोड कर्जा उठेको छैन । संस्थाको खराब कर्जाको मात्रा घटे पनि प्रवाह भएका सम्पूर्ण कर्जा (सतप्रतिशत) खराब कर्जा हुन् ।

संस्था समस्याग्रस्त घोषणा भएयता यसमा रहेको कूल निक्षेपकर्ताको संख्या २२ हजार १ सय ५५ बाट घटेर १० हजार ५ सय २५ कायम भएको छ । कम्पनीमा हाल १४ जनामात्र कार्यरत छन् । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था तथा भल्ट भएको रकम गरी हाल क्यापिटलसँग १२ करोड ९८ लाख रुपैयाँ तरलता छ ।

Global Ime bank

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेड

समस्याग्रस्त अर्को फाइनान्स कम्पनी नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको चुक्ता पुँजी २३ करोड ३३ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिको तुलनामा यो १ हजार रुपैयाँमात्र बढी हो ।

२०६९ पुस २८ मा समस्याग्रस्त घोषणा हुनुअघि कम्पनीले ३ अर्ब ९ करोड ४५ लाख निक्षेप संकलन गर्दै ५ अर्ब १८ करोड ६३ लाख कर्जा प्रवाह गरेको थियो । राष्ट्र बैंकका अनुसार हाल निक्षेप घटेर ४७ करोड ८ लाखमा सीमित भएको छ भने २ अर्ब ३३ करोड कर्जा उठेको छैन । संस्थाको खराब कर्जाको मात्रा घट्दा पनि कूल कर्जाको ९८ दशमलव ५८ प्रतिशतमा कयम छ ।

समस्याग्रस्त घोषणा भएयता संस्थामा रहेको कूल निक्षेपकर्ताको संख्या १८ हजार १ सय ६ बाट घटेर ११ हजार १ सय ५८ कायम छ । कम्पनीमा हाल १९ कर्मचारी छन् । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था तथा भल्ट भएको रकम गरी हाल कम्पनीसँग १५ करोड ४४ लाख रुपैयाँ तरलता छ ।

क्रिस्टल फाइनान्स

समस्याग्रस्त फाइनान्समध्ये क्रिस्टल फाइनान्स खारेजी प्रक्रियामा रही अदालतबाट लिक्विडेटर नियुक्त हुन बाँकी रहेको संस्था हो । कम्पनीको चुक्ता पुँजी ७ करोडमात्र छ ।

२०६९ असोज ७ मा समस्याग्रस्त घोषणा हुनअघि कम्पनीले ५६ करोड ६१ लाख निक्षेप संकलन गरी ७६ करोड ३९ लाख कर्जा प्रवाह गरेको थियो । केन्द्रीय बैंकका अनुसार हाल निक्षेप घटेर १३ करोडमा सीमित भएको छ भने ३२ करोड ६ लाख कर्जा उठेको छैन । संस्थाको खराब कर्जाको मात्रा घट्दा कूल कर्जाको ९७ दशमलव ८६ प्रतिशत कायम छ ।

संस्था समस्याग्रस्त घोषणा भएयता यसमा कूल निक्षेपकर्ताको संख्या १ हजार ७ सय ७१ बाट घटेर १ हजार १ सय ४१ कायम भएको छ । कम्पनीमा हाल पाँचजनामात्र कार्यरत छन् । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था तथा भल्ट भएको रकम गरी हाल क्रिस्टलसँग ८० लाख २८ हजार रुपैयाँ तरलता छ ।

वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी

वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार पुगेको छ । गत वर्ष सोही अवधिमा पनि चुक्ता पुँजी यति नै थियो ।

२०७० वैशाख १३ मा समस्याग्रस्त घोषणा हुनुअघि कम्पनीले ५१ करोड ९१ लाख निक्षेप संकलन गरी ७१ करोड १२ लाख कर्जा प्रवाह गरेको थियो । राष्ट्र बैंकका अनुसार हाल निक्षेप घटेर ७ करोड ४१ लाखमा सीमित भएको छ भने १७ करोड ७९ लाख कर्जा उठेको छैन । संस्थाको खराब कर्जाको मात्रा घटे पनि प्रवाह भएको सम्पूर्ण कर्जा (सतप्रतिशत) खराब कर्जा हुन् ।

समस्याग्रस्त घोषणा भएयता संस्थामा रहेको कूल निक्षेपकर्ताको संख्या ८ हजार ६ सय ८३ बाट घटेर ७ हजार २ सय ७० कायम छ । कम्पनीमा हाल १८ जना कार्यरत छन् । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था तथा भल्ट भएको रकम गरी हाल क्यापिटलसँग १२ करोड ४१ लाख तरलता छ ।

नेपाल फाइनान्स कम्पनी

२०७१ मंसिर १७ मा समस्याग्रस्त नेपाल फाइनान्स कम्पनीको चुक्ता पुँजी १३ करोड ५८ लाख छ । समस्याग्रस्त घोषणा हुनुअघि कम्पनीले ४१ करोड ४२ लाख निक्षेप संकलन गरी ३२ करोड ४१ लाख कर्जा प्रवाह गरेको थियो ।  राष्ट्र बैंकका अनुसार हाल निक्षेप घटेर ५ करोड ६७ लाखमा सीमित भएको छ भने १३ करोड ६७ लाख कर्जा उठेको छैन । संस्थाको खराब कर्जाको मात्रा घटे पनि प्रवाह भएको सम्पूर्ण कर्जा (सतप्रतिशत) खराब कर्जा हो ।

समस्याग्रस्त घोषण भएयता संस्थामा रहेको कूल निक्षेपकर्ताको संख्या ३ हजार ७ सय ३९ बाट घटेर २ हजार ८ सय १९ मा कायम छ । कम्पनीमा हाल १० जना कार्यरत छन् । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था तथा भल्ट भएको रकम गरी हाल क्यापिटलसँग १३ करोड २१ लाख रुपैयाँ तरलता छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC