site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारलाई खबरदारी गर्न गगन थापाको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बोल्नु पर्ने प्रतिपक्षी दल नबोल्ने र नबोल्नु पर्ने सत्ता पक्ष बोलेर मुलुक अधोगतितर्फ धकेलिदै गएको बताएका छन् । नेपाल प्रेस यूनियन रासस प्रतिष्ठानको तेस्रो अधिवेशन उद्घाटन समारोहमा नेता थापाले मुलुक अधोगतितर्फ धकेलिनबाट जोगाउन सञ्चार जगतले दलहरुलाई सचेत गर्नुपर्ने अवस्था आएको बताए । 

‘‘बोल्नुपर्ने प्रतिपक्षी नबोल्ने, नबोल्नुपर्ने सरकार बोल्ने उल्टोपाल्टो अवस्थाले देश झनझन पछाडि धकेलिदै गएको छ । अव राजनीतिक दलहरुलाई सञ्चार क्षेत्रले सुधार्नु पर्ने आवश्यकता आएको छ,’’ उनले भने । नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्रीहरुलाई बोलाइमाभन्दा काममा जोड दिन आग्रह गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘प्रधानमन्त्रीजी र अन्य मन्त्रीहरु नबोल्नुस् । काम गरेर देखाउनुस् । काम बोली हाल्छ । सरकारका राम्रा कामका बारेमा हामी बोली हाल्छौं नि । त्यति गैरजिम्मेवार त हामी पनि छैनौं,’’ उनले सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्री परिषद्का निर्णयहरु लुकाएकोतर्फ लक्षित गर्दै थपे, ‘‘तर बोल्नु पर्ने सञ्चार मन्त्रीजी किन बोल्नु हुन्न बुझ्न सकिएन ।’’  

थापाले सञ्चार माध्यमलाई सरकारका कमी–कमजोरीको आलोचना मात्रै नगरेर जिम्मेवारी पनि बोध गर्नु पर्ने आवश्यकता रहेको बताए । ‘‘सरकारको आलोचना गर्दैगर्दा प्रेसले जिम्मेवारी बोध गरेर सकारात्मक पनि सोच्नु पर्छ । आलोचना नै आलोचनाले युवा पुस्तामा सरकारप्रति धेरै नकारात्मक धारणा उत्पन्न हुनेतर्फ सचेत हुन जरुरी छ,’’ उनले भने । 

Global Ime bank

मुलुकमा अहिले देखिएको समसामयिक राजनीतिक अवस्थाका कारण युवामा देखिएको राजनीतिक दलहरु प्रतिको आक्रोस, घृणा र अविश्वासको फाइदा लिएर अनुदारवादीहरु सल्बलाउन सक्ने भएकाले सञ्चार क्षेत्र सजग हुन अतिनै आवश्यक रहेको थापाको भनाइ थियो । 
तस्बिरः रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC