Skip Advt.

राजनीति

यस्तो रह्यो पूर्वप्रधानमन्त्री खनालको टीका

यस्तो रह्यो पूर्वप्रधानमन्त्री खनालको टीका

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता झलनाथ खनालले तिहारको टीका ग्रहण गरेका छन् । खनालले ११:५५को शुभसाइतमा जेठीदिदी यशोधादेवी आचार्यको निवास भक्तपुरमा टीका ग्रहण गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनालका दुई दिदीबहिनी छन् ।

खनालसँगै उनका पाँच दाजुभाइले जेठीदिदी आचार्य र कान्छी बहिनी कुसुम खनालको हातबाट संयुक्तरूपमा टीका ग्रहण गरेको भट्टराइको भनाइ थियो ।

यसैबीच ने क पाकै तेस्रो वरीयताका नेता माधव नेपालले भने टीका लगाएनन् । उनले निवासमै नेता–कार्यकर्ता भेटघाट गरेर तिहार मनाएको नेपालको सचिवालयले जानकारी दियो ।


तपाईंको मत