साहित्य
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जयन्तीका अवसर पारेर देवकोटा पुस्तकालय, विराटनगरद्वारा कवि राधिका गुरागाईका कविताहरुको एकल वाचन कार्यक्रम सम्पन्न भयो ।
एकल वाचन कार्यक्रममा कवि गुरागाईले ११ वटा कविता वाचन गरिन् । यसका अतिरिक्त कविहरु बद्री भिखारी, मीनकुमार नवोदित, मन्जुश्री गिरी र भरत गुरागाईले राधिकाका कविता वाचन गरेर उनलाई सहयोग गरेका थिए ।
देवकोटा पुस्तकालयका सभापति सुबोध निरौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कवि विवश पोखरेलले राधिका वर्तमान समयकी सशक्त नारी प्रतिभा भएको बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५ १३:४९
प्रतिक्रिया दिनुहोस्