site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयरमा लगानी र ब्रोकर
Sarbottam CementSarbottam Cement

काठमाडौं । हामीले सुन्दै आएका छौं कि, सेयरबजारमा लगानी गर्नेहरुले रातारात थुप्रै पैसा कमाउँछन् । तिनलाई कुनै तनाव नै हुँदैन, किनकि लगानी कहिल्यै डुब्दैन । तर पछिल्लो समय नेपाली सेयरबजारमा निरन्तर आइरहेको गिरावटले यसमा लगानी गर्नेहरुलाई सोच्न बाध्य बनाइदिएको छ । केही वर्षअघि सेकेन्न्डरी मार्केटबाट सेयर खरिद गर्ने लगानीकर्ता यतिखेर अप्ठेरोमा परेका छन् । कतिपय कम्पनीले मनग्गे राइट सेयर प्रदान गरे पनि लगानी उठ्ने अवस्था अहिले झिनो मात्र छ । अब सेयर लगानीकर्ताहरु रातारात करोडपति बनेको खबर सुन्नेहरुले पनि त्यो सुन्न नपाएको लामो समय भइसकेको छ । सेयर कारोबार गर्नु र अन्य व्यवसायमा लगानी गर्नुमा ठूलो भिन्नता छ । स्टक्स खरिद गर्न चाहने लगानीकर्ताले कतिपय कुरामा ध्यान दिनुपर्छ । बजार अध्ययन, सम्बद्ध कम्पनीको अवस्था, त्यसका प्रडक्टजस्ता कुरामा जानकारी नियमित लिनुपर्छ । लगानीकर्ताले अन्य मुलुकमा स्टक्सको अवस्था के–कस्तो छ भन्ने विषयमा पनि जानकारी लिने गर्नुपर्छ । त्यतिमात्र होइन, स्टक भनेको के हो भन्नेसमेत थाहा नपाइकन लगानी गर्नु त झनै हानिकारक हुन सक्छ ।

मुलुकका ठूल्ठूला कम्पनीहरुले कसरी रकम जुटाउने गर्छन् भन्ने विषयमा पनि हामीले जानकारी राख्नुपर्छ । निश्चित रुपमा ठूला कम्पनीहरु स्टकबाटै रकम जुटाउने गर्छन् । कुनै पनि कम्पनी जब स्टकमार्केटमा सूचीकृत हुन्छ तब त्यो कम्पनी स्टक्स एक्सचेन्जमा कारोबारका निम्ति उपलब्ध हुन्छ । तपाईंले कुनै कम्पनीको सेयर खरिद गर्नु भनेको त्यो कम्पनीको हिस्सेदार बन्नु हो । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय नेपालमा सेयर कारोबारलाई कागजरहित बनाउने कदम चालिएको छ । सोही उद्देश्यअनुसार अब सेयर कारोबार डिम्याट भएको छ । तपाईंले सेयरमा लगानी गर्नका निम्ति डिम्याट खाता आवश्यक पर्छ । कतिपय बैंक तथा वित्तीय संस्थाले बैंकिङ तथा डिम्याट खातालाई एकिकृत गर्न थालिसकेका छन् । सेयरमा लगानी गर्न चाहनेले त्यस्तो वित्तीय संस्थामा कारोबार गर्नु वा एकाउन्ट खोल्नु आवश्यक छ । अब त अनलाइनमार्फत पनि सेयर आवेदन वा खरिद–बिक्री गर्न सकिने अवस्था छ । तरिका पूर्णतः डिजिटलाइज्ड होस् या म्यान्युअल, लगानीकर्ताले पूरा अध्ययन गरेर मात्र सेयर खरिद गर्नु बुद्धिमानी हुन्छ । 

सेयर खरिद–बिक्री गरिदिने ब्रोकर नेपालमा उपलब्ध छन् । तर तपाईंले छानेको ब्रोकर स्टक एक्सचेन्जमा दर्ता भएको छ–छैन राम्ररी बुझ्नुपर्छ । ब्रोकरले तपाईंका निम्ति सेयर खरिद र बिक्रीको काम गरिदिन्छ । यस्तो सेवा प्रदान गरेवापत उसले केही शुल्क लिन्छ । 
डिम्याट एकाउन्टमा तपाईंको नामबाट सेयर कारोबार देखिन्छ । यस्तो सेयर तपाईंको पोर्टफोलियोमा देखिन्छ । आफ्नो जानकारीका लागि निरन्तर डिम्याट स्टेटमेन्ट लिन सकिन्छ । स्टेटमेन्टमा तपाईंले सेयर खरिद वा बिक्री गरेको जानकारी हुन्छ । अबको समयमा सेयरको कागजी प्रमाणपत्र बोकेर बस्ने काम निकै पुरानो भइसकेको छ । यद्यपि, अझै पनि थुप्रै लगानीकर्ताले सेयर डिम्याट गरिसकेका छैनन् । 

Global Ime bank

वास्तवमा सेयर कारोबारमा ब्रोकर अत्यावश्यक हुन्छ । उसले तपाईंको सेयर खरिद–बिक्रीलाई सहज बनाइदिन्छ । आफूले कारोबार गर्दै आएको ब्रोकरलाई पूर्वजानकारी दिएर कुनै पनि कम्पनीको सेयर खरिद गर्न सकिन्छ । ठूला बैंक तथा वित्तीय संस्था वा उद्योगको सेयरमूल्यमा गिरावट आएका बेला खरिद गर्न र मूल्य बढेको समय बिक्री गर्न ब्रोकर सहायक हुन्छन् । हरेक काम आफै गर्छ भन्नु पनि व्यावहारिक नहुन सक्छ । सेयरमा लगानी गर्ने व्यक्तिको मुख्य काम अरु नै हुन पनि सक्छ । तिनले सेयरमार्केटमा निरन्तर ध्यान दिन समय अभाव हुन सक्छ । त्यसकारण पनि ब्रोकरको मद्दत लिनुपर्छ ।  
एजेन्सीको सहयोगमा 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC