site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रेखाको दुई गोलमा नेपालले भारतलाई हरायो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रेखा पौडेलको दुई गोलको मद्दतमा नेपालले एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा भारतलाई २–० गोल अन्तरले पराजित गरेको छ । दोस्रो चरणको आशा जिवितै राख्न गर या मरको अवस्थामा मैदान उत्रिएको नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल गरिन् । खेलको ५९ औँ मिनेटमा अफ साइड ट्रयापलार्इ विट गर्दै रेखाले गोल गरेकी थिइन् । एकपछि अर्को गर्दै अवसर खेर फालेकी रेखाले ५९ औं मिनेटमा टोलीलाई दिलाएको अग्रता ८८ औं मिनेटमा दोब्बर बनाइन् । भारतीय गोलरक्षक अगाडि आएको फाइदा उठाउँदै रेखाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । 

एकै महिनामा दुइपल्ट भारतविरुद्ध भिडेको नेपालले बाजी मारेको छ । यसअघि भुटानमा सम्पन्न यु–१८ साफ च्याम्पियनसिपमा पनि नेपालले भारतको यही टोलीलाई पराजित गरेको थियो ।  जितसँगै नेपालले दोस्रो चरणको सम्भावना कायम राखेको छ । नेपालले अब समूहका सबै खेलमा जित निकाल्नुपर्नेछ  । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० को हार बेहोरेको थियो भने भारतले पाकिस्तानलाई १८–० ले हराएको थियो । 

नेपालले समूहको अन्तिम खेल आइतबार पाकिस्तानसँग खेल्नेछ । च्याम्पियनसिप छनोटमा ६ समूहका बिजेता र उपबिजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् । दोस्रो चरणको छनोट खेल आगामी अप्रिलमा हुनेछ ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०७५  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय