site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गाजीयावाद । खाडी क्षेत्रमा कामका लागि जान लागेका २८ जना नेपाली महिला बसेको स्थानमा सोमबार राति प्रहरीले छापा मारेर उनीहरुसँग बयान लिएको छ । विगत अढाई महिनादेखि उनीहरुलाई दलालले कामको लागि खाडी पठाउँछु भन्ने प्रलोभन देखाएर त्यहाँ राखेका थिए । 
भारतको गाजीयावादको इन्दिरापुरमबाट भारतीय प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । समाचार एजेन्सीहरुका अनुसार भारतीय प्रहरीले उनीहरु बसेको स्थानमा छापा मार्दा त्यहाँ २०–३० वर्षका २८ जना नेपाली युवतीहरु फेला परेको बताइएको छ । 

उनीहरु सार्जन विहार समाजको न्याय खण्ड दुईबाट नियन्त्रणमा लिइएका हुन् । उनीहरुलाई खाडीमा काम दिलाइदिने प्रलोभन देखाएर त्यहाँ पुर्याइएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिइएका युवतीहरुको बयानका आधारमा केदार नामका एक व्यक्ति र उनका सहयोगीहरुलाई समेत नियन्त्रणमा लिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एसएसपी वैभव कृष्णका अनुसार ती महिलाहरुलाई अढाई महिनादेखि अल्मल्याएर राखिएको थियो । ती महिलाहरु मध्येका दुई जना आफूलाई  दलालको नियन्त्रणबाट उम्काएर दिल्लीको गीता कोलोनीमा पुगेका थिए । ती दुई महिलाले आफूसँग आएका दिदीबहिनीको समस्याका बारेमा त्यहाँ कुरा गरेका थिए । 

उनीहरुले केही मोबाइल नम्बर पनि दिएर प्रहरीमा उजुरी गरेपछि दिल्ली प्रहरीले गाजीयावाद प्रहरीलाई सूचित गरेको थियो । सोही बमोजिम उक्त फ्ल्याटमा प्रहरीले छापा मारेर महिलाहरुको उद्धार गरेको हो । यो प्रकरणलाई सेक्स र्याकेटको कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC