site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ताइवानलाई सहयोग गर्ने अमेरिकाको निर्णयप्रति चीनको आपत्ति 

बेइजिङ । चीनले अमेरिकाले ताइवानलाई गर्ने सहयोगप्रति चीनले आपत्ति जनाएको छ । अमेरिकाले दिएको यस्तो फन्डिङले ताइवानलाई ‘खतरनाक अवस्थामा पुर्‍याएको’ दाबी गर्दै चीनले आपत्ति जनाएको हो । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन चीनको भ्रमणका क्रममा बुधबार नै चीन पुगेका छन् । सोही बेला चीनले सार्वजनिक रूपमा ताइवानलाई अमेरिकाले गर्ने सहयोगप्रति आपत्ति जनाउँदै चेतावनी समेत दिएको हो । 

Dabur Nepal
NIC Asia

अमेरिकाका दुवै सदनबाट पास भएको वैदेशिक सहायतासम्बन्धी विधेयकमा बुधबार नै अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरिसकेकोले सोसम्बन्धी विधेयक कानुन बनिसकेको छ ।

चीनले सम्पूर्ण ताइवान आफ्नै भू–भाग भएको र आवश्यक परेमा बल प्रयोग गरेर लिने समेत चेतावनी दिएको छ । चीनको मेनल्याण्डस्थित ताइवान मामिला हेर्ने कार्यालयले अहिले छुट्याइएको अमेरिकी सहयोग प्याकेजले अमेरिकाले चीनसँग जनाएको प्रतिबद्धताको उल्लंघन भएको जिकिर गरेको छ । यसले ताइवानका पृथकतावादी शक्तिलाई गलत सन्देश दिएको उसको दाबी छ ।

सो कार्यालयका प्रवक्ता झू फेंगलियानले ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले ताइवानलाई खतरनाक अवस्थामा पु¥याउन खोजेको आरोप लगाए । एपी  
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro