site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केन्यामा बाढीका कारण ३८ को मृत्यु

नैरोबी । केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपत्कालीन अवस्थाबाट विपत्तिको स्तरमा सर्दै गएको केन्या रेडक्रस सोसाइटी (केआरसीएस)ले जनाएको छ ।

पछिल्लो समयमा अफ्रिकी राष्ट्रमा परेको भारी वर्षाले सामान्य व्यापारमा पनि बाधा पुर्‍याएको छ । केन्याको राजधानी नैरोबीको माथारे बस्तीमा बुधबार परेको वर्षामा एकजनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

Dabur Nepal
NIC Asia

यस बस्तीका प्रायः कम आम्दानी गर्ने तथा कमजोर वासस्थानमा बसोबास गर्ने समुदायका बासिन्दाहरू गम्भीर बाढीका कारण घरमै फसेको सिन्ह्वाले रिपोर्ट गरेको छ । सडकमा बाढी आएको कारण केही क्षेत्रहरू सहरबाट सम्पर्कविहीन नै भएका थिए । राजधानीको दक्षिणमा रहेको किटेङ्गेलाको मुख्य पुल अथी नदीले बगाएपछि हजारौँ व्यापारी तथा कामदारहरू अलपत्र परेका थिए ।

सिन्ह्वाका अनुसार मध्य केन्याको किरिन्यागा काउन्टीमा मंगलबार थिबा नदीको किनार फुट्दा उनीहरूको घर तथा व्यवसायमा बाढी आएपछि ६० भन्दा बढी परिवार घरबारविहीन भएका छन् ।  मार्च–अप्रिल–मेमा वर्षा सुरु भएदेखि नै धेरै काउन्टीले यसको प्रभाव महसुस गरेका छन् । प्रभावित घरपरिवार, विस्थापन, शिविरहरूको स्थापना, डुबानयोग्य जमिन, प्रभावित व्यवसाय र पशुधनको मृत्यु भएको मानवीय एजेन्सीले जनाएको छ ।

केन्या मौसम विज्ञान विभागका अनुसार केन्यामा अभूतपूर्व भारी वर्षा भएको छ भने केही क्षेत्रमा एकै दिनमा २०० मिलिमिटरसम्म वर्षा भएको छ । वर्षापछि देशभरि बाढी निम्त्याउने चेतावनी दिँदै काउन्टी र राष्ट्रिय सरकार दुवैस्तरका केन्याली अधिकारीहरूले तल्लो र बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई उच्च भूमिमा जान सल्लाह दिएका छन् ।

आन्तरिक तथा राष्ट्रिय प्रशासनका क्याबिनेट सचिव किन्डिकी किथुरेले पूर्वी क्षेत्रको मासिंगा र मध्य क्षेत्रको थिबासहित बाँध नजिक बस्ने बासिन्दाहरूलाई स्थानान्तरण गर्न आग्रह गरेका छन् ।  

थप वर्षाले विपत्ति निम्त्याउने सम्भावना भएकाले बस्तीहरूमा बाढीको प्रभाव बढी हुने उनले बताए । सरकार उच्च सतर्कतामा रहेको र बहु–एजेन्सी टोलीले कम गर्ने प्रयासमा काम गरिरहेको उनको भनाइ छ ।  

इन्टरगभर्मेन्टल अथोरिटी अन डेभलपमेन्ट (आईजीएडी)को क्लाइमेट प्रेडिक्सन एन्ड एप्लिकेसन सेन्टर (आईसीपीएसी)ले जारी गरेको सूचनामा केन्याले असामान्यरूपमा भारी वर्षाको अनुभव गर्ने हर्न अफ अफ्रिकाका देशहरूमध्ये एक भएको जनाएको छ । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro