site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुई–चारजना षड्यन्त्रको ओथारा बस्दैमा सरकार असफल हुँदैन : प्रधानमन्त्री ओली

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीलाई दसैं, तिहार, छठलगायत सम्पूर्ण चाडपर्वको शुभकामना दिएका छन् । दसैं  मनाउन बिहीबार गृहजिल्ला झापा आइपुगेका ओली बिर्तामोडस्थित अग्रसेन भवनमा ने क पा जिल्ला कमिटी झापाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी थिए । 
कार्यक्रममा ओलीले दसैं देवीको विजयको पर्व भएकाले जुन घरमा महिला खुसी हुन्छन्, त्यही घरमा चाडपर्वको रमाइलो र खुसी बढी हुने बताए । प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संघीयता कार्यान्वयनका लागि काम गरिरहेकाले प्रदेश तहमा मन्त्रालय र अन्य कार्यालयहरु स्थापना र सञ्चालन गर्न कठिनाई भइरहेको बताए । 

“अझै काम गर्न मलाई केही–केही कुराले अफ्ट्यारो पारिरहेको छ । अहिले हाम्रो काम गराई पुरानो पिच उक्काएर नयाँ पिच बनाएजस्तै हो । धुलो नउड्ने नयाँ पिच बनाउँदा धुलो उड्छ । यो सरकारले धुलो उडायो भनेर बिपक्षीहरु कराइरहेका छन् । हामीलाई नयाँ पिच बनाउन अझै केही समय लाग्छ,” उनले भने । 

Dabur Nepal
NIC Asia

कार्यक्रममा ओलीले अहिलेको सरकार कुनै योग वा भवितव्यले नबनी ठूलो सङ्घर्षबाट बनेकाले अँध्यारो कोठामा कुनै दुईचार जनाले षड्यन्त्रको ओथारा बस्दैमा वर्तमान  सरकार नढल्ने ठोकुवासमेत गरे । 
अर्थमन्त्री युवराज खतिवडा, प्रदेश न १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश मन्त्रालयका  विभिन्न अधिकारी, स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा निकाय झापाका प्रमुखहरु उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले चाडपर्वले सबै क्षेत्र र समुदायमा एकता र सुदृढीकरण ल्याउने उल्लेख गर्दै नेपाली कलासंस्कृति र चाडपर्वप्रति अन्तर्राष्ट्रिय  समुदाय पनि लोभिने गरेको बताए ।

आफू प्रधानमन्त्री हुँदा भर्खरै जारी भएको संविधान कार्यान्वयन गराउन र छिमेकीसँग बिग्रिएको सम्बन्ध सुधार्ने र बिमस्टेक सम्मेलन गराउनेजस्ता अन्तर्राष्ट्रिय  महत्वका काम सफल गरेको उनले बताए । “अरुले सधैं शीर निहुराएर बोल्दै आएको भारतसँग संविधान जारी भएपछि बिग्रिएको सम्बन्ध सुधार्दै  आँखा जुधाएर बोल्ने हैसियत मैले बनाएको छु । चीनसँग पनि विकास, पूर्वाधारका महत्वपुर्ण सहमति गरेको छु” ओलीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro