site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण : कांग्रेसले गर्‍यो निन्दा

काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेश सभापति एवं संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमणको पार्टीले निन्दा गरेको छ । थापामाथि शनिबार (हिलो) बेलुका झापामा मुक्का प्रहार गरिएको थियो ।

“नेपाली कांग्रेस कोसी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले हिजो झापामा गरेको आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ,” कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कनकाई नगरपालिकाको सुरुंगानजिक उनीमाथि आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको पार्टीले जनाएको छ ।

“उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro